काठमाडौं: नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र एनआईसी एशिया बैंकबीच ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्झौता भएको छ। यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्दा आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ।
सम्झौता अनुसार एनआईसी एशिया बैंकले होण्डाका ग्राहकलाई आकर्षक तथा कम ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनेछ। बैंकले आवश्यक कागजात बुझाएको ६ कार्यदिन भित्र नै कर्जा प्रक्रिया पूरा गरिने प्रतिबद्धता जनाएको छ। यो सुविधा होण्डाका लोकप्रिय मोडलहरू जस्तै सीआर-भी, सिटी इ:एचईभी, फिफ्थ जेन सिटी र एलिभेट खरिद गर्न चाहने ग्राहकका लागि उपलब्ध हुनेछ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड-मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्। यो सम्झौताले ग्राहकको नयाँ होण्डा कार चढ्ने सपनालाई सरल र छिटो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
