Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बाढीपछि उद्धारमा सेना : स्वास्थ्य सेवादेखि हवाई तयारीसम्म

बाढीपछि उद्धारमा सेना : स्वास्थ्य सेवादेखि हवाई तयारीसम्म
A A+ A-

बाढी तथा पहिरोपछि नेपाली सेनाले खोजी तथा उद्धारसँगै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, राहत वितरण र पुनःस्थापनाका कामलाई निरन्तरता दिएको छ।

कठिन भौगोलिक क्षेत्रमा स्थलीय तथा जल उद्धारसँगै हवाई माध्यमबाट समेत खोजी तथा उद्धार सञ्चालन गरिएको छ।

घटनाकै दिन चिकित्सकसहितको मेडिकल रेस्पोन्स टोली परिचालन गरी त्रिशूली र धुन्चेमा मेडिकल क्याम्प स्थापना गरिएको थियो। प्रभावित क्षेत्रमा हालसम्म करिब ३ हजार ७ सय जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ भने सडकमार्गबाट पुग्न कठिन स्थानमा हेलिकप्टरमार्फत खाद्यान्न तथा आवश्यक राहत सामग्री पुर्‍याइएको छ।

बाढी–पहिरोको जोखिम अझै कायम रहेकाले नेपाली सेनाले आवश्यक उद्धार सामग्रीसहित हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखेको छ। मेडिकल रेस्पोन्स टोलीलाई पनि तत्काल परिचालन गर्न सकिने अवस्थामा राखिएको छ। आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणसँगै सम्भावित मनसुनजन्य विपद्का लागि जनशक्ति, उद्धार उपकरण, स्वास्थ्य टोली र हवाई साधनको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।

बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोजी तथा उद्धार, स्वास्थ्य सेवा, राहत तथा आगामी पुनःस्थापना र पुनर्निर्माणको तयारीबारे द बिजनेस नेपालकी सहकर्मी सृष्टि बरालले नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतसँग गरेको कुराकानी :

बाढीपछि नेपाली सेनाले खोजी तथा उद्धारलाई कसरी अघि बढाएको थियो ?

बाढीपछि खोजी तथा उद्धारको काम मुख्यतः तीन क्षेत्रमा केन्द्रित गरेर सञ्चालन गरिएको थियो। स्थलीय तथा जल उद्धार, सुरुङकेन्द्रित खोज तथा उद्धार र हवाई खोज तथा उद्धार गरी तीनवटै क्षेत्रमा केन्द्रित भएर उद्धार कार्य सञ्चालन गरिएको थियो।

घटनापछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको व्यवस्थापन कसरी गरिएको थियो ?

घटनाकै दिन करिब २० जना चिकित्सकसहितको मेडिकल रेस्पोन्स टोली परिचालन गरिएको थियो। त्रिशूली र धुन्चेमा तत्काल मेडिकल क्याम्प स्थापना गरिएको थियो। होल्डिङ सेन्टरहरूमा समेत स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरिएको थियो।

हालसम्म प्रभावित क्षेत्रमा कति नागरिकले स्वास्थ्य सेवा पाएका छन् ?

बाढी प्रभावित क्षेत्रमा हालसम्म करिब ३ हजार ७ सय जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। सडकमार्गबाट पुग्न कठिन स्थानमा हेलिकप्टरमार्फत खाद्यान्न तथा आवश्यक राहत सामग्रीसमेत पुर्‍याइएको छ।

अहिले पनि उद्धारका लागि नेपाली सेनाको तयारी कस्तो छ ?

बाढी–पहिरोको जोखिम अझै रहेकाले आवश्यक उद्धार सामग्रीसहित हेलिकप्टर स्ट्यान्डबाइमा राखिएको छ। मेडिकल रेस्पोन्स टोलीलाई समेत तत्काल परिचालन गर्न सकिने अवस्थामा राखिएको छ।

आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका लागि सेनाको तयारी के छ ?

आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणलाई निरन्तरता दिँदै सम्भावित मनसुनजन्य विपद्का लागि मनसुनपूर्व तयारीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ। त्यसका लागि जनशक्ति, उद्धार उपकरण, स्वास्थ्य टोली र हवाई साधनको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।

2