udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपछि रोगको जोखिम : निगरानी कमजोर भयो भने अर्को विपत्ति निम्तिन सक्छ

बाढीपछि रोगको जोखिम : निगरानी कमजोर भयो भने अर्को विपत्ति निम्तिन सक्छ
A A+ A-

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्कालको उद्धार र राहतसँगै विपत्तिपछिको स्वास्थ्य जोखिम पनि महत्वपूर्ण बनेको छ। बाढीका कारण खानेपानीका स्रोत दूषित हुने, सरसफाइमा समस्या आउने र प्रभावित मानिसहरू अस्थायी रूपमा एकै ठाउँमा बस्नुपर्ने अवस्थाले संक्रामक रोग फैलिने जोखिम बढाउँछ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीले सामान्य स्वास्थ्य समस्या भनेर बेवास्ता गर्नुभन्दा रोगका प्रारम्भिक लक्षणको नियमित निगरानी, परीक्षण र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

विशेषगरी ज्वरो, झाडापखाला, बान्ता तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका बिरामीको निगरानी महत्वपूर्ण हुने उनको भनाइ छ। दूषित पानीका कारण हैजा, झाडापखाला तथा अन्य पानीजन्य संक्रमण फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा खानेपानी र सरसफाइको अवस्थालाई पनि स्वास्थ्य निगरानीसँग जोडेर हेर्नुपर्ने उनले बताए। लामखुट्टेबाट सर्ने रोग तथा छालामा दाना आउनेजस्ता लक्षण देखिएका बिरामीलाई समेत बेवास्ता गर्न नहुने उनको सुझाव छ।

एउटै क्षेत्रमा समान प्रकृतिका लक्षण भएका बिरामीको संख्या बढ्दै गएमा त्यसलाई विपत्तिपछिको सम्भावित रोगको प्रकोपको संकेतका रूपमा लिनुपर्ने डा. पुन बताउँछन्। यस्तो अवस्थामा परीक्षण, रोगको स्रोत पहिचान, थप अनुसन्धान र नियन्त्रणका उपाय तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ। विपत्तिपछिको स्वास्थ्य जोखिम र रोगको निगरानीका विषयमा द बिजनेस नेपालकी सहकर्मी सृष्टि बरालले संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेको कुराकानी :

भोटेकोशीको बाढीपछि रोग फैलिन नदिन स्वास्थ्यकर्मीले सबैभन्दा पहिले कुन–कुन लक्षण र रोगको निगरानीलाई प्राथमिकता दिनुपर्छ ?

भोटेकोशीको बाढी रोकिए पनि विपत्तिपछिको अर्को ठूलो जोखिम रोग फैलिनु हुन सक्छ। बाढीका कारण वातावरणमा ठूलो परिवर्तन आउँछ, खानेपानीका स्रोत दूषित हुन सक्छन् र प्रभावित मानिसहरूलाई अस्थायी रूपमा विभिन्न स्थानमा राख्नुपर्ने अवस्था आउँछ। यस्तो अवस्थामा ज्वरो, झाडापखाला, बान्ता तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका बिरामीको विशेष निगरानी गर्नुपर्छ। यी लक्षण सामान्यजस्तो देखिए पनि विपत्तिपछि एउटै क्षेत्रमा यस्ता बिरामीको संख्या बढ्दै गएको छ भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ। सुरुवाती चरणमै बिरामीको विवरण संकलन गरेर कुन क्षेत्रमा कुन प्रकारका लक्षण बढिरहेका छन् भन्ने पहिचान गर्न सकियो भने सम्भावित प्रकोपलाई नियन्त्रण गर्न सहज हुन्छ।

बाढीपछि पानीजन्य रोगको जोखिम कति हुन्छ ?

बाढीपछि पानीजन्य रोगको जोखिम निकै महत्वपूर्ण हुन्छ। बाढीको पानीले खानेपानीका मुहान, धारा, पाइप तथा अन्य पानीका स्रोतमा फोहोर र विभिन्न प्रकारका जीवाणु मिसिन सक्छन्। यस्तो पानी प्रशोधन नगरी प्रयोग गरियो भने हैजा, झाडापखाला तथा अन्य पानीजन्य संक्रमण फैलिन सक्छ। त्यसैले प्रभावित क्षेत्रमा खानेपानीको गुणस्तर र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्छ। विशेषगरी सामूहिक रूपमा बसिरहेका मानिसहरूमा एउटै पानीको स्रोत प्रयोग हुने भएकाले एउटा संक्रमित स्रोतबाट धेरै मानिस प्रभावित हुन सक्छन्। त्यसैले पानी उमालेर वा सुरक्षित तरिकाले शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान दिने र खाना सुरक्षित राख्ने विषयमा पनि स्वास्थ्यकर्मीले नियमित रूपमा जानकारी दिनुपर्छ।

हैजा र झाडापखालासँगै अन्य कुन प्रकारका संक्रमणलाई पनि निगरानीमा राख्नुपर्छ ?

पानीजन्य संक्रमण मात्रै हेरेर पुग्दैन। बाढीपछि लामखुट्टे तथा अन्य कीराको संख्या र मानिसको बसोबासको अवस्थाका कारण लामखुट्टेबाट सर्ने रोगको जोखिम पनि बढ्न सक्छ। त्यसैले ज्वरो आएका बिरामीमा अन्य लक्षण पनि हेर्नुपर्छ। त्यसैगरी छालामा दाना आउने, छालामा संक्रमण हुने वा घाउमा संक्रमण देखिने अवस्थालाई पनि बेवास्ता गर्नु हुँदैन। विपत्तिपछि मानिसहरू लामो समयसम्म भिजेको वातावरणमा बस्नुपर्ने अवस्था आउन सक्छ, सरसफाइमा समस्या हुन सक्छ र स्वास्थ्य सेवामा पहुँचसमेत सहज नहुन सक्छ। त्यसैले सामान्य देखिने लक्षणलाई पनि समयमै पहिचान गरेर आवश्यक परीक्षण र उपचारको व्यवस्था गर्नुपर्छ।

एउटै क्षेत्रमा समान लक्षण भएका बिरामी बढ्न थाले भने त्यसलाई कसरी हेर्नुपर्छ ?

एउटै क्षेत्रमा समान प्रकृतिका लक्षण भएका बिरामीको संख्या असामान्य रूपमा बढ्दै गएको छ भने त्यसलाई विपत्तिपछिको सम्भावित रोगको प्रकोपको संकेतका रूपमा लिनुपर्छ। त्यसपछि बिरामीको संख्या मात्र गन्ने होइन, उनीहरू कहाँबाट आएका हुन्, कुन पानीको स्रोत प्रयोग गरेका छन्, एउटै स्थानमा बसेका छन् कि छैनन् र सबैमा देखिएको लक्षण एउटै हो कि फरक छ भन्ने विषयमा पनि अनुसन्धान गर्नुपर्छ। आवश्यक परे तत्काल नमुना परीक्षण गर्नुपर्छ। रोगको स्रोत पहिचान भएपछि त्यसलाई नियन्त्रण गर्ने उपाय पनि सँगसँगै अघि बढाउनुपर्छ। यस्तो अवस्थामा ढिलो भयो भने सामान्य रूपमा देखिएको संक्रमणले पनि ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले परीक्षण, अनुसन्धान र नियन्त्रणका उपाय एकैसाथ अघि बढाउनु आवश्यक हुन्छ।

विपत्तिपछि रोगको प्रकोप रोक्न स्वास्थ्य प्रणालीले तत्काल के गर्नुपर्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा रोगको निगरानीलाई निरन्तर राख्नु हो। प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले बिरामीको संख्या, लक्षण र रोगको प्रकृतिको नियमित अभिलेख राख्नुपर्छ। सामान्य अवस्थाको तुलनामा कुनै विशेष रोग वा लक्षण भएका बिरामी अचानक बढेका छन् भने त्यसको सूचना तत्काल माथिल्लो स्वास्थ्य निकायसम्म पुग्नुपर्छ। त्यसपछि आवश्यक परीक्षण, उपचार, औषधि तथा जनशक्तिको व्यवस्था गर्न सकिन्छ। साथै प्रभावित समुदायलाई सुरक्षित पानी, खाना, सरसफाइ र व्यक्तिगत स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी निरन्तर दिनुपर्छ। विपत्तिपछि रोग फैलिसकेपछि नियन्त्रण गर्नुभन्दा रोग फैलिनुअघि नै जोखिम पहिचान गरेर रोकथामका उपाय अघि बढाउनु बढी महत्वपूर्ण हुन्छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action