udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सेन्चुरी ग्रुपले बाढीपीडितलाई रोजगारी र शिक्षामा सहयोग गर्ने

सेन्चुरी ग्रुपले बाढीपीडितलाई रोजगारी र शिक्षामा सहयोग गर्ने
A A+ A-

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सेन्चुरी ग्रुप (दुगड स्पाइसेस) ले थप सहयोगको घोषणा गरेको छ। यसअघि नै ग्रुपले बाढीपीडितको उद्धार तथा राहतका लागि १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको छ।

ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगडका अनुसार अब बाढी प्रभावितहरूलाई दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्यले एक सय जनालाई रोजगारी दिने निर्णय गरिएको छ। कम्पनीअन्तर्गतका विभिन्न उद्योग तथा कार्यालयहरूमा उक्त रोजगारी प्रदान गरिनेछ। यसका साथै बाढीका कारण अभिभावक गुमाएका वा असहाय बनेका बालबालिकाको विद्यालय तहको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिने घोषणा पनि ग्रुपले गरेको छ।

अध्यक्ष दुगडले प्रभावित क्षेत्रमा प्रत्यक्ष गएर वास्तविक पीडितको पहिचान गरी कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए। उनले भने, ‘हामी उक्त क्षेत्रमा प्रत्यक्ष गएर प्रभावितहरुबाटै जानाकारी लिएर यो कार्यक्रम कार्यान्वयनमा लाने छौँ। जसलाई एकदमै रोजगारी आवश्यक छ त्यो हेर्ने छौं।’

यसअघि सेन्चुरी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराएको थियो। बाढीले नेपाली परिवारमा पुर्‍याएको क्षतिलाई मध्यनजर गर्दै राज्यसँगै निजी क्षेत्रले पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने दुगडको भनाइ छ। लामो समयदेखि समाज सेवामा सक्रिय रहेका पूर्वमन्त्री दुगडले तत्काल र दीर्घकालीन दुवै प्रकारका सहयोग लिएर आफूहरू अघि बढेको बताएका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action