udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टीभीएसले सार्वजनिक गर्यो १५० सीसीको नयाँ हाइपर स्पोर्ट स्कुटर

टीभीएसले सार्वजनिक गर्यो १५० सीसीको नयाँ हाइपर स्पोर्ट स्कुटर
A A+ A-

काठमाडौं। टीभीएस मोटर कम्पनीले नेपालमा १५० सीसी क्षमताको ‘टीभीएस एनटर्क १५०’ हाइपर स्पोर्ट स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा एक कार्यक्रमबीच उक्त स्कुटर सार्वजनिक गरेको हो।

नयाँ एनटर्क १५० मा १४९.७ सीसीको इन्जिन जडान गरिएको छ। कम्पनीका अनुसार यो इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। यो स्कुटर ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ भने यसको अधिकतम गति १ सय ४ किलोमिटर प्रतिघण्टा रहेको छ।

स्कुटरमा ५० भन्दा बढी स्मार्ट कनेक्टेड फिचरहरू उपलब्ध छन्। जसमा टर्न-बाइ-टर्न नेभिगेसन, अन्तिमपटक पार्क गरिएको स्थानको जानकारी, कल तथा म्यासेज अलर्ट र राइड मोड जस्ता सुविधाहरू समावेश छन्। सुरक्षाका लागि यसमा सिंगल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल प्रणाली दिइएको छ।

स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको यो स्कुटरमा प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङलेट्स, स्पोर्टी टेल ल्याम्प, कलर्ड एलोय ह्विल र नेकेड ह्यान्डलबार रहेका छन्। साथै, २२ लिटरको अन्डर-सिट स्टोरेज, टेलिस्कोपिक सस्पेन्सन, एड्जस्टेबल ब्रेक लेभर र ईजी सेन्टर स्ट्यान्ड जस्ता विशेषताहरू पनि छन्।

टीभीएस एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लू गरी तीन रङमा उपलब्ध हुनेछ। कम्पनीले यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ। स्कुटर नेपालभरका जगदम्बा मोटर्सका डिलरहरूबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action