udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सोफा स्टोरको ब्रान्ड एम्बेसडरमा पारस बम ठकुरी नियुक्त

सोफा स्टोरको ब्रान्ड एम्बेसडरमा पारस बम ठकुरी नियुक्त
A A+ A-

काठमाडौं: फर्निचर व्यवसायी सोफा स्टोरले अभिनेता तथा टिकटक स्टार पारस बम ठकुरी (कुलब्वाय) लाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। जडीबुटीस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुवै पक्षले एक वर्षका लागि व्यावसायिक सहकार्यको सम्झौता गरेका हुन्।

सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले कम्पनीको गुणस्तर र उपभोक्ताप्रतिको प्रतिबद्धतालाई थप उचाइमा पुर्याउन यो सहकार्य गरिएको बताए। उनले भने, “हामी देशकै एउटा उदीयमान व्यवसायका रूपमा अघि बढिरहेका छौँ र पारसजी पनि युवापुस्तामा लोकप्रिय उदीयमान कलाकार हुनुहुन्छ। यो सहकार्यले हाम्रा सुलभ र गुणस्तरीय उत्पादनहरूलाई देशका कुना-कुनासम्म पुर्याउन ठुलो मद्दत गर्नेछ।”

ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि पारसले आफू गुणस्तरमा विश्वास राख्ने र हानिकारक उत्पादनको प्रवर्द्धन नगर्ने स्पष्ट पारे। उनले भने, “म सधैँ उच्च गुणस्तर भएका र मानव स्वास्थ्य वा समाजलाई हानि नगर्ने ब्रान्डको मात्र प्रवर्द्धन गर्छु। हानिकारक कुराहरूको म कहिल्यै प्रचार गर्दिनँ। सोफा स्टोरको गुणस्तरमा म ढुक्क छु, त्यसैले यो सहकार्यमा बाँधिएको हुँ।”

चाडपर्वको अवसरमा ग्राहकहरूलाई सोफा स्टोरका शाखाहरूमा पुगेर फर्निचरको कलेक्सन हेर्न पारसले आग्रह गरेका छन्। सोफा स्टोरले आफ्नै कारखानामा उत्पादित फर्निचरहरू बिक्री गर्दै आएको छ। हाल काठमाडौं उपत्यकाका जडीबुटी, महाराजगन्ज, भक्तपुर र चमातीका साथै उपत्यकाबाहिर धनगढी र सुर्खेतमा गरी कम्पनीका बिक्री केन्द्रहरू सञ्चालनमा छन्। सोफा स्टोरले हाल करिब १ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action