Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु
A A+ A-

मनाङ। अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुंगा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।

नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ,’ उनले भने, ‘ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ। यसका लागि तयारी पनि भइरहेको छ।’

उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन्।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले स्थानीय उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकियो भने स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिए। ‘विस्फोट गराइ चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘एक्साभेटरले अडिएका ढुंगा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्‍याउनेछ।’

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुंगाले मर्स्याङ्दी नदी थुनिएको हो। वरपरका क्षेत्रमा क्षति नपुर्‍याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नदी खुलाउन सकिएमा स्थानीयको त्रास र सहज वातावरण छिटो अन्त्य हुने उनको भनाइ छ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय ङिस्याङ गाउँपालिका-४ हुम्देको बाढी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ।

सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत आयोजना विद्युतगृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरुद्ध छ। यसअघि २०७८ सालमा सोही घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो।

2