Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

बेनी–बाबियाचौर सडक खुल्यो

बेनी–बाबियाचौर सडक खुल्यो
A A+ A-

म्याग्दी। बेनी–बाबियाचौर सडक खण्ड सञ्चालनमा आएको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो।

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ।

पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र रहेको बाबियाचौर हुँदै पानाबगरसम्म १६ किलोमिटर सडक मर्मत गरेर मङ्गलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने २४ किलोमिटर दूरीको बेनी दरबाङतर्फबाट बाङ्गेपहिरोसम्म मर्मत भएको छ।

उक्त सडक असोज १० गतेदेखि अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको थियो। पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर बेनीदेखि पानाबगर खण्डको सडक खुलाएको र आजदेखि पानाबगर–रणबाङ–दुखु–रातोढुङ्गा–तोलाबाङ–बाङ्गेपहिरो खण्डमा दुईतर्फबाट मर्मत कार्यलाई तीव्रता दिने म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले जानकारी दिए।

“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाँडो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौं”, उनले भने, “तीन दिनमा बाबियाचौरसम्म सडक खुलाएका छौं।”

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्डखण्डमा उपलब्ध भएका उपकरण परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफै स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताए।

स्थानीय तह, प्रदेश र संघीय सरकारले आ–आफ्ना मातहत रहेका सडकलाई मर्मत गरेर जतिसक्दो चाँडो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको छ।

क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन संघीय सरकारले खटाएका प्राविधिक टोली मङ्गलबार म्याग्दी आएर सडकको निरक्षणमा जुटेका प्रजिअ गैरेले बताए।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क बिच्छेद भएको छ। कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ। मुुस्ताङबाट स्याउ र च्याङ्ग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ। सोह्रश्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीले पितृ तर्पण दिने गर्छन्। शरदयाम पर्यटकको सिजन पनि हो।

2