Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सिद्धार्थ बैंकले आईएफसीसँग गर्यो ६ अर्ब १४ करोडको जोखिम साझेदारी सम्झौता

सिद्धार्थ बैंकले आईएफसीसँग गर्यो ६ अर्ब १४ करोडको जोखिम साझेदारी सम्झौता
A A+ A-

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने उद्देश्यले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा प्राप्त गरेको छ। नेपाली रुपैयाँमा यो रकम करिब ६ अर्ब १४ करोड ५१ लाख हुन आउँछ।

बैंक र आईएफसीबीच साना कर्जा प्रत्याभूति कार्यक्रम (एसएलजीपी) अन्तर्गत उक्त सम्झौता भएको हो। सम्झौताअनुसार बैंकले नेपालभरका लघु, साना तथा मझौला उद्यममा प्रवाह गर्ने योग्य कर्जामा आईएफसीले ५० प्रतिशत जोखिम साझेदारी गर्नेछ।

यो नेपालमा आईएफसीले सुरु गरेको पहिलो जोखिम साझेदारी पहल हो। यो सुविधालाई अन्तर्राष्ट्रिय विकास संघको निजी क्षेत्रसम्बन्धी सहुलियतपूर्ण वित्तीय सुविधाअन्तर्गतको सामूहिक प्रत्याभूतिमार्फत सहयोग प्राप्त हुनेछ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले यो साझेदारीले साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्न बैंकको क्षमता अभिवृद्धि गर्ने बताए। उनले भने, ‘आईएफसीसँगको ४ करोड अमेरिकी डलरको जोखिम साझेदारी सुविधाले हाम्रो एमएसएमई कर्जा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ। चुनौतीपूर्ण आर्थिक वातावरणको सामना गरिरहेका देशभरका साना व्यवसायलाई वित्तीय सहायता उपलब्ध गराउने हाम्रो क्षमता यसले थप सुदृढ बनाउनेछ।’

बैंकले कर्जा प्रवाहका मापदण्ड कायम राख्दै उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। सिद्धार्थ बैंक र आईएफसीबीच लामो समयदेखि सहकार्य हुँदै आएको छ। बैंक सन् २०१४ मा आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रममा आबद्ध भएको थियो भने सन् २०२३ मा ५ करोड ५० लाख अमेरिकी डलरको सिन्डिकेटेड ऋण सुविधा लिएको थियो। आईएफसीले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त र जलवायु वित्तको क्षेत्रमा समेत बैंकसँग सहकार्य गर्दै आएको छ।

2