Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै
A A+ A-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्कले वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको देखाएको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म प्रदेशमा वन्यजन्तु अपराधका ४४ घटना भएका छन् । ती घटनासम्बन्धी ८५ मुद्दा दायर हुँदा १०० जना पक्राउ परेका छन् ।

मन्त्रालयका सूचना अधिकारी उपसचिव भोजराज पाठकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १६ घटना, ३२ मुद्दा र ४३ जना पक्राउ परेकामा २०७९/८० मा १४ घटना, २६ मुद्दा र २९ जना पक्राउ परेका थिए ।

त्यसैगरी, २०८०/८१ मा छ घटना, १२ मुद्दा र ११ जना, २०८१/८२ मा चार घटना, सात मुद्दा र पाँच जना एवम् २०८२/८३ मा चार घटना, आठ मुद्दा र १२ जना पक्राउ परेका छन् ।

“हरेक वर्ष अघिल्लो वर्षको तुलनामा वन्यजन्तु अपराधका घटनामा कमी हुँदै गएको देखिन्छ । यसले पनि हाम्रो प्रयास सफल हुँदै गएका छन् । यद्यपि, यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता छ”, उनले भने ।

पाँच आर्थिक वर्षमा सबैभन्दा बढी वन्यजन्तु अपराधका घटना कञ्चनपुरमा भएका छन् । मन्त्रालयको अभिलेखअनुसार यस अवधिमा कञ्चनपुरमा ४४, कैलालीमा २८, बैतडीमा १४, बझाङ र डोटीमा चार/चार, डडेल्धुरामा तीन, दार्चुलामा दुई तथा अछाममा एक जना विभिन्न घटनामा पक्राउ परेका छन् । बाजुरामा भने सो अवधिमा वन्यजन्तु अपराधका घटना भएको छैन ।

प्रदेशमा चितुवा, बँदेल, पाटेबाघ, सालक, घोरल, चित्तल र भालुलगायतका वन्यजन्तु अपराधका घटनामा पर्ने गरेका छन् । अपराध नियन्त्रणका क्रममा चितुवाको छाला, मृगको मासु, सालकको खपटा, बँदेलको मासु तथा सुँगुर, घोरल र थारको छाला तथा सिङलगायत आखेटोपहार बरामद हुने गरेको उपसचिव पाठकले जानकारी दिए ।

वन्यजन्तुको अवैध व्यापार विश्वव्यापी रूपमा ठुलो सङ्गठित अपराधका रूपमा रहेको र जैविक विविधताका लागि गम्भीर चुनौतीको रूपमा देखिएको छ । यस्तो अवस्थामा नेपाल स्रोत र ‘ट्रान्जिट’ दुवैका हिसाबले जोखिममा रहेको सरोकारवालाको भनाइ छ ।

भौगोलिक अवस्थाका कारण सुदूरपश्चिम वन्यजन्तु अपराधको स्रोत र ट्रान्जिट दुवै हिसाबले जोखिममा रहेको छ ।

तथापि, पछिल्ला वर्षमा प्रदेशमा सङ्गठित वन्यजन्तु अपराधको जालो कमजोर हुँदै गएको सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका प्रमुख हेमराज विष्टले बताए । “मानव–वन्यजन्तु द्वन्द्वको बहानामा आपराधिक गतिविधि बढ्ने र मारिएका वन्यजन्तुको अवैध व्यापार हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले निरन्तर निगरानी बढाइरहेका छौँ । यस्ता प्रयासले अपराधको जालो कमजोर हुँदै गएको छ,” उनले भने ।

प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रदेश तथा जिल्ला तहमा वन्यजन्तु अपराध नियन्त्रण संयन्त्र, सीमा समन्वय, क्यामेरा ट्र्याप, स्मार्ट गस्ती, उद्धार उपकरण तथा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालनमा छन् । अवैध सीमापार कारोबार नियन्त्रणका लागि भारतका पिलिभित र पिथौरागढ क्षेत्रका सम्बन्धित निकायसँग नियमित बैठक तथा सूचना आदानप्रदान गर्ने गरिएको छ ।

अबको प्राथमिकता घटनापछि कारबाही गर्नेभन्दा जोखिम पहिचान, रोकथाम, अनुसन्धान र अभियोजनको चक्रलाई थप प्रभावकारी बनाउने रहेको मन्त्रालयले जनाएको छ । त्यसका लागि वन्यजन्तु अपराधका ‘हटस्पट’ र सम्भावित मार्गको तथ्याङ्क तयार गर्ने, सुरक्षा निकाय, वन, निकुञ्ज, भन्सार तथा यातायात क्षेत्र बिच सूचना आदानप्रदान बढाउने, प्रविधिको प्रयोग गर्ने तथा अपराधमा संलग्न सञ्जाल र आर्थिक कारोबारसम्म पुगेर अनुसन्धान गर्ने कार्य अघि बढाउने गरी योजना बनाइने मन्त्रालयले जनाएको छ ।

प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले तीनै तहका सरकारको साझा प्रयास तथा प्रकृति संरक्षण कोषलगायत साझेदार संस्थाको सहकार्यले वन्यजन्तु अपराध नियन्त्रणमा सफलता मिलिरहेको बताउनुभयो । अबको मुख्य चुनौती मानव–वन्यजन्तु द्वन्द्व रहेको उनले उल्लेख गरे ।

“सरकारका संरक्षणात्मक कार्यक्रम, नागरिक चेतना विस्तारमा लगानी र साझेदारीमा सञ्चालित क्रियाकलापले चोरी–सिकार नियन्त्रणमा सफलता मिलेको छ । अब त्यसमा मात्र सीमित नभई मानव–वन्यजन्तुबिच सहअस्तित्वको स्थिति निर्माण गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।

त्यसका लागि वन्यजन्तुको आवागमन कोरिडोर संरक्षण, वासस्थान जोड्ने, मानव बस्तीमा पूर्व सूचना प्रणाली विकास गर्ने, वैकल्पिक जीविकोपार्जनका अवसर सिर्जना गर्ने तथा समुदायको व्यवहार परिवर्तनमा काम गर्नुपर्ने उनको सुझाव छ ।

सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा नियमावली, वन ऐन तथा नियमावली र प्रदेश वन ऐन तथा नियमावली कार्यान्वयन गर्दै आएको छ । वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० लागू गरी नेपाल प्रहरी, नेपाली सेनालगायत सुरक्षा निकाय तथा वन कर्मचारीबिच समन्वय बढाइएको छ ।

आन्तरिक तथा सीमापार रूपमा हुने वन्यजन्तु अपराध तथा चोरी–सिकार नियन्त्रणका लागि सुरक्षा निकाय, वन कार्यालय, निकुञ्ज तथा संरक्षण साझेदार संस्थाबिचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाको भनाइ छ ।

2