Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

चिनीको चास्नी खुवाएपछि कालिकाका १०६ घार मौरीमा सङ्क्रमण, किसान चिन्तित

चिनीको चास्नी खुवाएपछि कालिकाका १०६ घार मौरीमा सङ्क्रमण, किसान चिन्तित
A A+ A-

चितवन। पूर्वी चितवनको कालिका नगरपालिकामा चिनीको चास्नी खुवाएपछि १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ।

कालिका नगरपालिका–६ का जङ्गबहादुर पुनले पालेका १६६ घारमध्ये चास्नी खुवाइएका १०६ घारमा समस्या देखिएपछि उनी चिन्तित बनेका छन्।

पुनका अनुसार असोज १२ गते साँझ उनले मौरीलाई चिनीको चास्नी खुवाएका थिए। एक बोरा चिनी चारवटा भाँडामा राखेर मौरीलाई चास्नी दिइएको थियो। तर, चास्नी खुवाएको भोलिपल्ट बिहान घारमा पुग्दा मौरीहरू मरेको अवस्थामा भेटिएका थिए।

“पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ। १३ गते बिहान जाँदा मौरी मरेको देखें,” पुनले भने।

उनका अनुसार अहिले चास्नी खुवाइएका घारका मौरी मर्नुका साथै झोक्राउने समस्या देखिएको छ। चरन क्षेत्रको अभाव हुने भएकाले असारदेखि असोजसम्म आफूले सातामा एक दिन मौरीलाई चिनीको चास्नी खुवाउने गरेको उनले बताए। यसपटक भने चास्नी खुवाएको एक दिनमै मौरीमा समस्या देखिएको उनको भनाइ छ।

पुनले पछिल्लो समय मौरीमा विषादीको जोखिमसमेत बढ्दै गएको बताए। उनी विसं २०७२ देखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्। यसअघि विसं २०७४ मा पनि उनका घारमा यस्तै समस्या देखिएको थियो। त्यतिबेला २० घार मौरी मरेका थिए।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार मौरीलाई आहाराका रूपमा चिनीको चास्नी खुवाएपछि समस्या देखिएको हो। किराना व्यवसायीले बाहिरबाट सामान ल्याउँदा चिनीको बोरासँग बेगन, मुसा मार्ने औषधिलगायत विषादीजन्य वस्तु पनि सँगै ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए।

अङ्गाइका अनुसार अहिले प्रभावित घारमा सङ्क्रमण देखिने र मौरी क्रमशः मर्दै जाने अवस्था देखिएको छ। चास्नी खुवाएपछि मौरी मरेको घटनापछि परीक्षणका लागि नमुना सङ्कलन गरी काठमाडौं पठाइएको छ। व्यावसायिक किट विकास केन्द्रको सहयोगमा नमुना परीक्षण भइरहेको उनले बताए।

यसका साथै कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको सहयोगमा चीनमा आयोजना हुन लागेको सम्मेलनमा समेत नमुना पठाएर थप अध्ययन गर्ने तयारी गरिएको अङ्गाइले जानकारी दिए। परीक्षणपछि मौरीमा देखिएको समस्याको वास्तविक कारण पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चितवनमा हाल करिब १९ हजार ५०० घार मेलिफेरा मौरी पालिँदै आएको छ। व्यावसायिक मौरीपालक किसानले असारदेखि असोजसम्म चरन क्षेत्रको अभाव हुने भएकाले मौरीलाई चिनीको चास्नी खुवाउने गर्छन्। यस्तो अवस्थामा चिनी तथा चास्नीमा विषादी वा अन्य हानिकारक पदार्थ मिसिएको भए मौरीमा गम्भीर असर पर्न सक्ने भएकाले घटनाको परीक्षण र अध्ययनलाई महत्त्वका साथ हेरिएको छ।

2