Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

टीकापुर नगरपालिकामा बजेट खर्चको अख्तियारी प्रदान

टीकापुर नगरपालिकामा बजेट खर्चको अख्तियारी प्रदान
A A+ A-

काठमाडौं। टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले आर्थिक वर्ष सुरु भएको साढे दुई महिनापछि बजेट खर्च गर्ने अख्तियारी दिएका छन्।

नगर सभामा आफू अनुपस्थित रहेको भन्दै उनले यसअघि अख्तियारी दिन अस्वीकार गर्दै आएका थिए।

कार्यपालिका सदस्यहरूले भदौ १७ गते नै अख्तियारी दिने निर्णय गरे पनि नगार्जीले त्यसलाई कार्यान्वयन गरेका थिएनन्।

बजेट खर्चको अख्तियारी नहुँदा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र दैनिक प्रशासनिक कार्य प्रभावित भएका थिए। दबाबस्वरूप केही दिनअघि सर्वदलीय भेलाले उनलाई अख्तियारी दिन वा राजीनामा गर्न माग गरेको थियो।

सोमबार विद्यालयका प्रधानाध्यापकहरूले दिवा खाजाको रकम भुक्तानी नभएको भन्दै नगरपालिकामा धर्ना दिएका थिए। युवाहरूको व्यापक दबाबपछि उनले अख्तियारी पत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकापुर नगर सभापति रवीन्द्र विष्टले जनदबाबपछि यो निर्णय भएको बताए।

प्रमुख प्रशासकीय अधिकृत ममता बाँस्तोलाले अख्तियारी प्राप्त भएसँगै सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब भुक्तानीको प्रक्रिया सुरु गरिने तथा दसैँअगावै आर्थिक गतिविधि नियमित हुने जानकारी दिइन्। कार्यवाहक नगरप्रमुख नगार्जीले जनताको समस्यालाई मध्यनजर गर्दै आफूले अख्तियारी दिएको बताए।

टीकापुर नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको पद रिक्त रहेपछि २०८२ फागुनमा नगार्जी कार्यवाहक प्रमुख बनेका थिए।

पछि कार्यपालिका बैठकले बलिराम चौधरीलाई कार्यवाहक प्रमुख चयन गरे पनि नगार्जीले अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतले कार्यपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सोही विवादका बीच असार १७ गते ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा बसेको नगर सभाले एक अर्ब तीन करोड रुपैयाँको बजेट पारित गरेको थियो।

2