Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा
फाइल फोटो
A A+ A-

महोत्तरी। देशकै मुख्य बाली धानखेतीका लागि समयमै सिँचाइ तथा मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योलमा छन्।

परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गर्ने मुख्य अन्नबाली धान बीउ राख्नेदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा यहाँका किसान अन्योलमा परेका हुन्।

सिँचाइको भरपर्दो सुविधा नहुनु, खेतीको समयमा बीउ र मल नपाइनु तथा बर्सेनि हुने प्रतिकूल मौसमका कारण किसानमा धानखेतीबाट जीवन धान्न कठिन बन्दै गएको धारणा बनेको छ। “धानबालीलाई सिँचाइ नै मुख्य कुरा हो, आकाशे पानीकै भरमा खेती गर्नुपरेको छ। बाली अनुकूल वर्षा हुन छाडेपछि बर्सेनि कसरी रोपाइँ गर्ने भन्ने चिन्ता हुन्छ,” भङ्गाहा–४ पलारका किसान रामनारायण थारुले भने, “खेतीका बेला बीउ–मल पनि पाइँदैन। खै, अब धानखेतीले धान्न सकिएला जस्तो छैन।”

पुस्तौंदेखि बाबुबाजेले गर्दै आएको खेती अब धान्न सकिएला भन्ने आशा मर्दै गएको ७० वर्षीय थारुले बताए। थारुका छिमेकी ८० वर्षीय चौठी बाँतर पनि केही वर्षयता धानखेतीबाट दिक्क भएका छन्। पहिले–पहिले बीउ राख्ने, रोप्ने र धान गाँजिने समय मिलाएर वर्षा हुने गरेको बाँतर सम्झन्छन्।

“खेती गर्न जन जति पाइन्थे, पानीको मूल जताततै थियो, बीउ किसानले आफै साँचेर राख्थे, रोगव्याधिको पनि अहिलेको जस्तो प्रकोप थिएन,” पुराना कुरा सम्झँदै बाँतरले भने, “देख्दादेख्दै ती पानीका मूल कसरी मासिए, यो कस्तो समय आयो भन्ने लाग्छ।”

धानलाई बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म प्रशस्त पानी चाहिन्छ। रोपेको धानलाई पनि केही दिनको अन्तरमा बगिरहने पानी आवश्यक पर्छ। त्यसका लागि जिल्लामा कुलो–नहरको पहुँच निकै कम छ। यसले धानखेतीलाई प्रभावित पार्दै आएको किसान बताउँछन्।

जिल्लामा जम्मा ७१ हजार हेक्टर जग्गा खेतीयोग्य छ। कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो–नहर पुगेको छ। भूमिगत जलस्रोत समेत प्रयोग गर्दा जम्मा ३० प्रतिशत हाराहारी जग्गामा सिँचाइ पुगेको कृषि ज्ञान केन्द्र, महोत्तरीको तथ्याङ्क छ।

सिँचित भनिएका ठाउँमा पनि पानीका स्रोतका मुहान सुकेका छन्। धान धेरै पानी चाहिने बाली भएकाले आकाशकै भरको पानीले अपेक्षित रोपाइँ र उत्पादन लिन नसकिएको बलवा–११ का उत्तिम माझीले बताए। “सिँचाइ त मुख्य पक्ष भयो नै, भरपर्दो बीउ र मल पनि समयमा नपाएर भौतारिनु परेको छ,” माझीले भने, “धान रोपाइँका बेला जन (मजदुर) पाइँदैनन्, अब यो खेती धान्न गाह्रो छ।”

जिल्लामा अनुकूल वर्षा हुँदा विगतमा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती हुने गरेको पुराना कृषि अधिकारी सम्झन्छन्। त्यतिबेला जिल्ला कृषि विकास कार्यालयमा कृषि अधिकृत रहेका रामबहादुर भुजेलले विसं २०५४/५५ अघिको अवस्था सम्झँदै ४५ हजार हेक्टरभन्दा बढीमा धानखेती हुने गरेको बताए। त्यसपछि पनि २०८० यताका वर्षमा २०८१ मा ४२ हजार ५०० हेक्टरमा धानबाली लगाइएको कृषि ज्ञान केन्द्र, महोत्तरीको तथ्याङ्क छ।

त्यसअघि २०८० मा ४० हजार ३२१ हेक्टरमा धानबाली लगाइएको कार्यालयको तथ्याङ्क छ। विसं २०८२ मा भने लामो खडेरीका कारण ३० हजार ९८६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको थियो। त्यसमध्ये पनि गत वर्ष असोज दोस्रो साताको वर्षा र बाढीले धानबालीमा ठूलो क्षति पुर्‍याउँदा उत्पादन ८० हजार १७७ मेट्रिक टनमा सीमित भएको कार्यालयका सूचना अधिकारी तथा कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिए।

गत वर्षको तुलनामा यस वर्ष धानखेती बढेको छ। यस वर्ष पनि पानीको पर्याप्तता थिएन। तर किसानले पानी जुटाउन मेहनत बढाएर करिब ३६ हजार हेक्टरमा धान रोपाइँ गरेको महतोले बताए। धान काट्ने र दाइँ गर्ने बेलासम्म अनुकूल मौसम रहे यसपटक उत्पादन एक लाख मेट्रिक टन नाघ्ने कार्यालयको आकलन छ। मुख्य रूपमा पानीकै उपलब्धताले धानखेतीको क्षेत्रफल र उत्पादन निर्धारण गर्ने गरेको छ।

बर्सेनि रोपाइँको क्षेत्रफल र उत्पादनमा देखिने फरक मुख्यतः वर्षाको अनुकूलता र प्रतिकूलताले गर्दा भएको पाका किसान बताउँछन्। “पछिल्ला १० वर्षयता कहिल्यै सोचे जति धान रोप्न पाइएको छैन। यस्तो हुनुमा पानी, बीउ र मलको अभाव नै कारण हो,” भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारुले भने, “हाम्रा बस्तीपिच्छे नदी, खोलाखोल्सी र जलाधार क्षेत्र छन्, तर तिनलाई व्यवस्थित तुल्याएर किसानको खेतसम्म पानी पुर्‍याउने प्रबन्ध हुन सकेको छैन। यसले किसानको जाँगर मर्दै गएको छ।”

सिँचाइका लागि वरदान हुनुपर्ने नदी र खोलाको समुचित प्रबन्ध गर्न नसक्दा बर्सेनि भेलले घर, खेत तथा बालीनाली बगाउने गरेको चौधरीले बताए। किसानलाई खेतीमा उत्साहित गर्न तीनै तहका सरकारले सिँचाइ, बीउ–मल र सुलभ कृषि ऋणको व्यवस्था गर्नुका साथै उत्पादनमा उचित अनुदानको प्रबन्ध गर्न सके खेतीप्रति आकर्षण बढाउन सकिने पाका किसान बताउँछन्।

धानलगायत परम्परागत खेतीबालीको लागत बढ्दै गएकाले त्यसलाई थाम्न सक्ने सामर्थ्य किसानले गुमाउँदै गएको कृषि क्षेत्रकै सरकारी सेवाबाट निवृत्त भएका भङ्गाहा–६ सग्रामपुरका कृषिविज्ञ जासर यादवले बताए।

2