काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार ९ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो कोरोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
