Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

जग्गाधनी पुर्जा नहुँदा जनकपुरको ज्ञानकुप विद्यालयको ६ करोड बजेट फ्रिज हुने अवस्थामा

जग्गाधनी पुर्जा नहुँदा जनकपुरको ज्ञानकुप विद्यालयको ६ करोड बजेट फ्रिज हुने अवस्थामा
A A+ A-

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका-८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुपको भवन निर्माणका लागि विनियोजित छ करोड रुपियाँ बजेट फ्रिज हुने अवस्थामा पुगेको छ।

नमुना विद्यालयमा छनोट भएको उक्त विद्यालयको जग्गाको स्वामित्वसम्बन्धी प्रमाण पुर्जा नहुँदा पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ।

विद्यालय प्रशासनका अनुसार जग्गाको स्वामित्वसम्बन्धी कागजात विद्यालयको नाममा नहुँदा टेन्डर आह्वान गर्न समस्या भएको हो। विद्यालयका प्रधानाध्यापक सञ्जय झाले विद्यालयसँग विसं २०२६ को सर्भे नापी र विसं २०४४ को फिल्डबुक नापीजस्ता सरकारी अभिलेख सुरक्षित रहेको बताए। विसं २०४७ मा केन्द्रीय गुठीले जनकपुर गुठीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन आदेश दिए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक झाले जग्गाको स्वामित्वसम्बन्धी प्रक्रिया तत्काल टुङ्ग्याउन गुठी संस्थान, मालपोत कार्यालय र स्थानीय तहसँग माग गर्नुभएको छ। समस्या समाधान नभए विद्यार्थीसहित धर्ना बस्ने चेतावनी उनले दिए।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले विद्यालयको जग्गासम्बन्धी समस्या लामो समयदेखि समाधान नहुनु गम्भीर विषय भएको बताए।

उनले बजेट कार्यान्वयनका लागि सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेकोमा जोड दिए। गुठी संस्थान जनकपुरधामले गत साउन ४ गते नै केन्द्रीय गुठीलाई भवन निर्माणका लागि सहमति सम्बन्धमा पत्राचार गरेको जनाएको छ।

विसं १९६६ मा स्थापित उक्त विद्यालयको क्षेत्रफल तीन बिघा १० कट्ठा नौ धुर रहेको छ।

2