Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बर्दियाका स्थानीय तहबाटै करदाता सेवा प्रवाह हुने

बर्दियाका स्थानीय तहबाटै करदाता सेवा प्रवाह हुने
A A+ A-

काठमाडौं। बर्दियाका करदाताले अब सम्बन्धित स्थानीय तहबाटै करसम्बन्धी सेवा प्राप्त गर्ने भएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र जिल्लाका पालिकाहरूबीच सेवा प्रवाहसम्बन्धी सम्झौता भएसँगै अब करदाताले घरदैलोमै सेवा पाउने भएका हुन् ।

हाल गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार पालिकाको नाममा लगइन आइडी निर्माणको काम भइरहेकाले आगामी मंगलबारबाट सेवा सुरु हुनेछ ।

कार्यालयले बर्दियाका आठवटै पालिकाबाट सेवा विस्तार गर्ने योजना बनाएको छ । सम्भव भएसम्म दसैँअघि नै वा दसैँलगत्तै सबै पालिकाबाट सेवा प्रवाह गरिने न्यौपानेले जानकारी दिए ।

स्थानीय तहबाट प्यान दर्ता, अन्तःशुल्क इजाजतपत्र लिने तथा नवीकरण गर्ने, विवरण संशोधन गर्ने र कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउनेलगायतका काम हुनेछन् ।

भ्याटमा कारोबार गर्ने ठूला करदाताको विवरणसमेत पालिकाबाटै संकलन गरी आन्तरिक राजस्व कार्यालयमा पठाइने व्यवस्था गरिएको छ । सरकारले २०८२ कात्तिक १७ गते करदाता सेवा कार्यालयबाट हुने काम स्थानीय तहबाटै उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि करदाताले सामान्य कामका लागि पनि गुलरिया वा नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले स्थानीय तहबाट सेवा सुरु भएपछि करदातालाई सहज हुने बताए।

उनका अनुसार कर बुझाउन लामो यात्रा गर्ने र घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ ।

2