Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

राजु भट्टराईका लागि पशुपालन दैनिकीको अभिन्न हिस्सा

राजु भट्टराईका लागि पशुपालन दैनिकीको अभिन्न हिस्सा
A A+ A-

ललितपुर। राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त छन्।

हाल उनले फाउन्डेशनमा रहेका ६०० गाईगोरुको हेरचाह गर्दै आएका छन्। गाईगोरुको सङ्ख्या ठूलो रहेकाले फाउन्डेशनले सहयोगका लागि केही कर्मचारीसमेत राखेको छ।

कर्मचारीको उचित परिचालन र कामको बाँडफाँड गर्ने जिम्मेवारी पनि भट्टराईकै छ। गाईगोरुलाई दानापानी खुवाउनेदेखि चरनका लागि लैजानेसम्मका कामको नेतृत्व उनले नै गर्छन्।

लामो समयदेखि गाईगोरुको हेरचाह गर्दै आएकाले फाउन्डेशनमा रहेका गाईगोरु उनले बोलाउँदा जता बोलाए पनि त्यतै पुग्ने गरेको उनले बताए। ‘मैले जहाँ बोलाएँ, त्यहीँ गाईगोरु आउँछन्, गाईगोरुले मेरो भाषा बुझ्छन्।’

ठूलो सङ्ख्यामा रहेका चौपायालाई उचित व्यवस्थापन गर्न भने निकै समस्या रहेको उनको गुनासो छ। विशेषगरी गाईगोरुलाई खुवाउने घाँस र पराल पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको उनले बताए।

केही दिनअघि मात्रै विश्वविद्यालयको जग्गा लिजमा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराइदिएपछि गाईगोरुलाई घाँस खुवाउन सहज भएको उनले बताए।

गाईगोरु देख्दा नै आफूलाई खुसी लाग्ने गरेको भट्टराईको भनाइ छ।

2