Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बैँकलाई विदेशमा शाखा खोल्न दिनुपर्छ: विनोद चौधरी

बैँकलाई विदेशमा शाखा खोल्न दिनुपर्छ: विनोद चौधरी
अ+ अ-

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैँक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफावार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताउनुभएको हो । त्यसलाई पुनः लेखन गरेर सो सम्बन्धि व्यवस्था राखिनुपर्ने बताउनु भयो । उहाँका अनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैँकका शाखा खोल्न दिनुपर्छ ।

उहाँले भन्नुभयो–‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनः ड्राफ्ट गर्नुपर्छ । नेपालका बैङ्कलाई बाहिर समेत जान दिनुपर्छ । अस्ट्रेलिया, मलेसियामा बैँकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैँकले किन सङ्कलन गर्न नपाउनु ? ।’

उहाँका अनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ । बैँकहरूसँग भएको रकम लगानी हुन सकिरहेको छैन । बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उहाँले बैँकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताउनुभयो ।

2