Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

राष्ट्र बैंकले बजारबाट एकै पटक ७० अर्ब रुपैयाँ नगद उठाउने

राष्ट्र बैंकले बजारबाट एकै पटक ७० अर्ब रुपैयाँ नगद उठाउने
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट एकै पटक ७० अर्ब रुपैयाँ नगद उठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढे पनि कर्जा प्रवाह बढ्न नसकेपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि यस्तो कदम चालेको हो।

केन्द्रीय बैंकले बुधबार मात्र ३० अर्ब रुपैयाँ बजारबाट तानेको थियो। त्यसको दुई दिनपछि पुनः ७० अर्ब रुपैयाँ नगद प्रशोचन गर्न लागेको हो। बैंकले सूचना जारी गर्दै २ महिनाका लागि यो रकम उठाउन लागेको जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन भनिएको छ।

पछिल्लो तथ्यांकअनुसार ४ अक्टुबरसम्म बैंक तथा वित्तीय संस्थाहरूमा संकलित कुल निक्षेप ८४ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा लगानी भने ६० खर्ब ६१ अर्ब रुपैयाँ मात्र छ। बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७१.०९ प्रतिशतमा सीमित छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूसँग १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता छ। तर, बजारमा कर्जाको माग नहुँदा तरलता व्यवस्थापनमा चुनौती थपिएको छ। निजी क्षेत्रमा आत्मविश्वास घट्दा कर्जाको माग हुन नसकेको देखिएको छ। बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पैसा तान्ने गर्छ।

2