Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

पाँच वर्षमा पनि सकिएन इलाम-झापा फास्ट ट्र्याकको काम

पाँच वर्षमा पनि सकिएन इलाम-झापा फास्ट ट्र्याकको काम
A A+ A-

काठमाडौं: झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची करिडोरअन्तर्गत इलाम-झापा फास्ट ट्र्याक निर्माणको काम पाँच वर्ष बितिसक्दा पनि अधुरै छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७८ असार २९ मा २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लागेको साढे ९ किलोमिटरको बेलासे-राकसे-गोलाखर्क खण्डको प्रगति ४७ प्रतिशतमात्रै छ।

सडक डिभिजनका अनुसार खड्का-कृष्ण-सक्षम जेभीले लिएको यो ठेक्काको म्याद पटक-पटक थपिए पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीको ढिलासुस्तीका कारण विभिन्न आर्थिक वर्षमा करिब २० करोड रुपैयाँ फ्रिज भइसकेको छ। ठेकेदार कम्पनीले पुनः म्याद थपका लागि निवेदन दिए पनि डिभिजन प्रमुख पवन भट्टराईले स्पष्ट आधारबिना म्याद नथपिने र ठेक्का तोड्ने प्रक्रियामा जान सकिने चेतावनी दिएका छन्।

निर्माण व्यवसायी रत्नबहादुर खड्का, जो जाजरकोटको छेडागाड नगरपालिकाका मेयर हुन्, उनले यो सडक निर्माणको काममा सक्रियता देखाउँदै आएका छन्। गत असारमा मन्त्रीको उपस्थितिमा उनले असोज मसान्तभित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएका थिए। तर, अहिले उनी सम्पर्कमा आउन चाहेनन्। काठमाडौंमा नेपाली कांग्रेसको महाधिवेशनमा व्यस्त रहेको भन्दै उनले सडक निर्माणबारे प्रतिक्रिया दिन अस्वीकार गरे।

यो सडक निर्माण सम्पन्न भए इलामदेखि झापाको बिर्तामोडसम्मको दूरी हालको ८४ किलोमिटरबाट घटेर ४७ किलोमिटरमा सीमित हुने थियो। तर, कच्ची सडक र निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ। बर्खायाममा सडक हिलाम्मे हुने र सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। सोही करिडोरका अन्य खण्डहरूमा पनि निर्माण कार्य सुस्त रहेको छ।

2