धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित बडीमालिका क्षेत्रमा केवलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि ३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले बजेट छुट्याएको हो। आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।
बडीमालिका क्षेत्रमा केवलकार सञ्चालन गर्न सकिने सम्भावनाबारे विस्तृत अध्ययन गर्नका लागि सरकारले उक्त रकम विनियोजन गरेको जनाएको छ।
