Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

तनहुँका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत

तनहुँका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत
A A+ A-

काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका-५, याम्पाफाँटमा रहेका १५ जना किसानलाई उत्कृष्ट दुग्ध उत्पादकका रूपमा पुरस्कृत गरिएको छ। याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने किसानहरूलाई सम्मान गरेको हो।

सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार दूध बिक्रीको परिमाणका आधारमा किसानहरूलाई वर्गीकरण गरी पुरस्कृत गरिएको हो। नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल ८९ हजार १ सय २८ लिटर दूध बिक्री गरी प्रथम भएका छन्। त्यसैगरी, ५१ हजार ८ सय १२ लिटर दूध बिक्री गरेका काशीनाथ भट्टराई दोस्रो र ४४ हजार ४ सय ४४ लिटर दूध बिक्री गरेका सुरज घिमिरे तेस्रो भएका छन्।

पुरस्कृत हुने अन्य किसानहरूमा क्रमशः छविलाल घिमिरे, कमला पन्थ, हरिप्रसाद भट्टराई, ओमप्रसाद लामिछाने, इन्दिरा भट्टराई, ऋषिराम भट्टराई र रामनाथ भट्टराई रहेका छन्। त्यसैगरी मुना न्यौपाने, सानुमाया सुनार, टकराज लामिछाने, इन्दिरा घिमिरे र १८ हजार १ सय ८४ लिटर दूध उत्पादन गर्ने ओमप्रकाश गुरुङ क्रमशः ११ देखि १५ औँ स्थानमा रहेका छन्।

सहकारीका अध्यक्ष भट्टराईका अनुसार उत्कृष्ट किसानहरूलाई रु ३ हजारदेखि ११ हजारसम्म नगद पुरस्कार प्रदान गरिएको छ।

2