काठमाडौं। साताको पहिलो दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर दुई लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर चार हजार ४१५ रुपैयाँमा झरेको छ।
