काठमाडौं। अर्थ मन्त्रालयले एकै पटक ८५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उक्त सरुवा गरेको हो।
सरुवा हुनेहरूमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृतहरू रहेका छन्। मन्त्रालयका अनुसार सरुवा हुनेहरूमा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र ४ जना प्रमुख अनुसन्धान अधिकृत रहेका छन्।
