काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बालाजु चोकनजिक सञ्चालनमा आएको ग्यालेक्सी फिटनेसको नयाँ सोरुम उद्घाटनका क्रममा उनलाई सो जिम्मेवारी दिइएको हो।
सोरुम उद्घाटन गर्दै क्रिकेटर भुर्तेलले फिटनेसको क्षेत्रमा जोडिन पाउँदा थप हौसला मिलेको बताए। खेलाडीका लागि फिटनेस निकै महत्त्वपूर्ण हुने भन्दै उनले यस सहकार्यले आफूलाई थप ऊर्जा मिलेको उल्लेख गरे।
ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीका अनुसार युवा व्यवसायीहरूको सहकार्यमा सञ्चालित यस कम्पनीले चीनबाट अत्याधुनिक जिम तथा फिटनेस उपकरण आयात गरी बिक्री वितरण गर्दै आएको छ। कम्पनीले जिम सेन्टर, होटल, रिसोर्ट तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी सेवा प्रदान गरिरहेको छ।
हाल ग्यालेक्सी फिटनेसका शाखा काठमाडौंको कलंकी, बुटवल, पोखरा, चितवन र दमकमा सञ्चालनमा छन्। कम्पनीले आगामी दिनमा देशका अन्य सहर तथा जिल्लाहरूमा पनि आफ्नो सेवा र वितरण सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, फिटनेस उपकरणको विविधता बढाउने र ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने योजना कम्पनीले अघि सारेको छ।
क्रिकेटर भुर्तेलसँगको सहकार्यले खेलकुद र फिटनेसलाई जोड्न तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
