काठमाडौं: आईसीएफसी फाइनान्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले सम्हालेका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत श्रेष्ठले असोज २५ गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हालेका हुन्। कम्पनीको सञ्चालक समितिले असोज २३ गते बसेको बैठकबाट उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो।
यसअघि प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत सुनिल पन्तको कार्यकाल असोज २४ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो।
