Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

इयूले अमेरिकासँग ‘यसै सप्ताहन्त’ मा कर सम्झौता गर्नसक्ने फ्रान्सको भनाइ

इयूले अमेरिकासँग ‘यसै सप्ताहन्त’ मा कर सम्झौता गर्नसक्ने फ्रान्सको भनाइ
A A+ A-

पेरिस- युरोपेली युनियन (इयू) ले यसै साताको अन्त्यमा वासिङ्टनसँग कर वृद्धिका विषयमा सम्झौता गर्ने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्रीले बताउनुभएको छ ।

युरोपेली सङ्घ र अमेरिकी वार्ताकारहरूले सप्ताहन्तमा अन्तिम चरणको वार्ता गर्दैछन् किनकि ब्रसेल्सले जुलाई ९ को समयसीमा भन्दा पहिले नै भारी करको दरहरूको मिनाह फिर्ता हुनबाट बच्न सम्झौताको पछि लागेको छ ।

फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले दक्षिणी फ्रान्समा आयोजित एक आर्थिक मञ्चमा बोल्दै भन्नुभयो, “करको विषयमा यो सबै यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्छ ।”

उहाँले भन्नुभयो, “यदि त्यसो भएन भने युरोपले पक्कै पनि सन्तुलन कायम गर्न थप जोडदार कदम चाल्नु पर्नेछ ।”

कुनै सम्झौता बिना इयूको आयातमा करवृद्धि २० प्रतिशत वा त्यो भन्दा बढी हुने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका लागि दवाव दिन कुनै समय कुनै विन्दुमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको थियो ।

युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयेनले बिहीबार ब्रसेल्सले सैद्धान्तिक सहमतिको माग गरेको र यसको अर्थ विस्तृत विवरणमा थप वार्ता आवश्यक हुने बताउनुभएको छ ।

आयोगको विश्वास जे भए पनि इयू र संयुक्त राज्य अमेरिका बीच व्यापार उपायहरूमा असन्तुलन कायम रहनेछ । लोम्बार्डले इयूले आफ्ना उद्योगहरूलाई संयुक्त राज्य अमेरिका र चीनबाट जोगाउनु ‘आवश्यक’ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसारलाई खेलमैदानको रूपमा कल्पना गर्नुहोस् जहाँ सबैले नियमहरू पालना गर्दै खेलिरहेका छन् । त्यसपछि तीन जना भँडुवासँगै आउँछन् र कुनै पनि नियमहरू पालन गर्दैनन् र राम्रो तरिकाले खेलिरहेका केटाकेटीहरूको वरिपरि धक्का दिन्छन् भने यो सिकारीको संसार हुनेछ ।”

2