Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

भोटेकोशी बाढी पीडितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत

भोटेकोशी बाढी पीडितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत
A A+ A-

काठमाडौं: सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका परिवार र अवकाशप्राप्त कर्मचारीलाई राहत रकम उपलब्ध गराएको छ। संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा उक्त रकम हस्तान्तरण गरेकी हुन्।

बाढीका कारण १३ जना बहालवाला र एक जना अवकाशप्राप्त गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए। यसबाहेक एक जना अवकाशप्राप्त कर्मचारी घाइते भएका छन् भने दुई जना कर्मचारीका परिवारका सदस्य पनि बेपत्ता छन्।

संघले बेपत्ता भएका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँ, परिवारका सदस्य बेपत्ता भएका कर्मचारीलाई १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त कर्मचारीलाई १० हजार रुपैयाँ सहयोग गरेको छ। अध्यक्ष पौडेलले बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवारलाई राहत रकम हस्तान्तरण गरेकी छन्।

त्यसैगरी, अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगर र परिवारका सदस्य बेपत्ता भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई पनि राहत प्रदान गरिएको छ। बेपत्ता भएका अन्य कर्मचारीका परिवारलाई भेटेर राहत उपलब्ध गराइने संघले जनाएको छ।

यसैबीच, अध्यक्ष पौडेलले सशस्त्र प्रहरी बलको विपद् कोषका लागि ५० हजार ५५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेकी छन्। संघले आत्मनिर्भरताका लागि सञ्चालन गरेका आयमूलक कार्यक्रमबाट संकलित रकम बाढी प्रभावितलाई सहयोग गरिएको जनाएको छ।

2