Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

हुलाक सेवामा बजेट र प्रविधिको अभाव

हुलाक सेवामा बजेट र प्रविधिको अभाव
A A+ A-

काठमाडौं: हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई प्रभावकारी बनाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अभाव रहेको बताएकी छन्। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले सीमित स्रोत र साधनका बाबजुद सेवा सुधारको प्रयास भइरहेको जानकारी दिइन्।

महानिर्देशक पङ्गेनीका अनुसार कर्णाली प्रदेशमा डाँक ढुवानीका लागि विनियोजित बजेटमा ६० प्रतिशतले कटौती भएको छ। हाल यातायात व्यवसायीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मात्र सो क्षेत्रमा डाँक ढुवानीको व्यवस्थापन भइरहेको छ। विभागले उपलब्ध सवारी साधन र मोटरसाइकललाई समेत डाँक ढुवानी र कार्यालयको कामकाजमा साझा रूपमा प्रयोग गर्दै आएको छ।

विभागमा सूचना प्रविधिसम्बन्धी छुट्टै विशेष शाखा स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै पङ्गेनीले भनिन्, ‘हुलाक सेवा विभागमा सूचना प्रविधिसम्बन्धी छुट्टै विशेष शाखाको आवश्यकता देखिएको छ, उक्त शाखाले सबै प्रदेश, जिल्ला र देशभरका हुलाक कार्यालयको सूचना प्रविधिसम्बन्धी काम हेर्न सक्ने हुनुपर्छ।’

विश्व हुलाक सङ्घ र एसिया-प्रशान्त हुलाक सङ्घको प्रणालीमा आएको परिवर्तनसँगै नेपालको हुलाक सेवाले पनि आफ्नो प्रणाली अद्यावधिक गर्नुपर्ने उनले बताइन्। यसका लागि कर्मचारीको क्षमता विकास र प्रविधिसम्बन्धी तालिममा लगानी बढाउनुपर्नेमा उनले जोड दिइन्। विगतका विमानस्थल र एक्सप्रेस वेसँग सम्बन्धित समस्याहरूलाई क्रमशः समाधान गर्दै लगिएको र सीमित स्रोतका बिच पनि हुलाक सेवाको पहुँच विस्तार गर्ने प्रयास जारी रहेको उनले स्पष्ट पारिन्।

2