काठमाडौं: चांगानको विद्युतीय एसयूभी नेभो क्यू०५ धनगढीमा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गत धनगढीका लागि आधिकारिक विक्रेता श्री ग्लोबल प्रालिले उक्त गाडी सार्वजनिक गरेको हो। नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा असोज २६ देखि २९ गतेसम्म विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको छ। ग्राहकले उक्त कार्यक्रममा सहभागी भएर गाडीको अनुभव लिन सक्नेछन्।
यस गाडीमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीले एनईडीसी परीक्षणअनुसार यसले ४६२ किलोमिटरसम्मको रेन्ज दिने जनाएको छ भने डब्लुएलटीपीसी परीक्षणअनुसार यसको रेन्ज ४०५ किलोमिटर रहेको छ। गाडीमा गोल्डेन सिल्ड ब्याट्री २.० प्रविधि, १४.६ इन्चको टचस्क्रिन र विभिन्न चालक सहायता प्रणाली उपलब्ध छन्। कम्पनीका अनुसार उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
