काठमाडौं: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आधिकारिक डिलरमार्फत मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले उपत्यकाका १३ स्थानबाट बिक्री वितरण गरिए पनि उपभोक्तालाई असुविधा भएको भन्दै संघले यस्तो निर्णय लिएको हो।
संघका अध्यक्ष दिवान चन्दले एक विज्ञप्ति जारी गर्दै उपभोक्ताहरूलाई आफ्नो नजिकैको डिलरमा गएर ग्यास खरिद गर्न अनुरोध गरेका छन्। नेपाल आयल निगम र संघको समन्वयमा उपत्यकामा उपलब्ध सबै ब्राण्डका सिलिण्डरहरू डिलरमार्फत नै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।
