Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

असार महिनामा बजेट खर्च बाह्र प्रतिशतले वृद्धि

असार महिनामा बजेट खर्च बाह्र प्रतिशतले वृद्धि
अ+ अ-

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले असारे प्रवृत्तिलाई निरुत्साहित गर्दै जाने प्रतिबद्धता जनाउँदै आए पनि असारमा अत्यधिक बजेट खर्च हुने प्रवृत्ति अझै रोकिएको छैन । बेलैमा बजेट कार्यान्वयन नहुनेदेखि लिएर असारे विकासलगायतका कारणले आर्थिक वर्षको मसान्तमा अत्यधिक बजेट खर्च भइरहेको छ । प्रदेश सरकारले असारको २१ गतेसम्म मात्रै चार अर्ब २९ करोड ५९ लाख रुपियाँ खर्च गरेको छ ।

चालु आव २०८१/८२ को जेठ मसान्तसम्म प्रदेश सरकारले कुल १३ अर्ब १८ करोड ९३ लाख रुपियाँ (४१.८२ प्रतिशत) बजेट खर्च गरेको थियो । चालु आवको असार २१ गतेसम्म कुल खर्च १७ अर्ब ४८ करोड ५९ लाख (५५.४४ प्रतिशत) पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै सो अवधिमा पुँजीगत बजेट आठ अर्ब ९१ करोड ५६ लाख (४७.५३ प्रतिशत) र चालु बजेट आठ अर्ब ५६ करोड ९६ लाख (६७.१० प्रतिशत) बजेट खर्च भइसकेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिनुभयो । उहाँले असार महिनामा बजेट खर्च १२ प्रतिशतले बढेको बताउनुभयो । “निर्माणका काम अगाडि भइसके पनि धेरै जसोको भुक्तानी असार मसान्तमा हुने गरेको छ,” उहाँले भन्नुभयो, “भुक्तानीका लागि बिल असारमा प्राप्त हुने गरेकाले यो महिनामा बजेट निकासा बढी हुने गर्दछ ।”

जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगत बजेट छ अर्ब २७ करोड ६३ लाख (३३.४६ प्रतिशत) र चालु बजेट छ अर्ब ९१ करोड २९ लाख (५४.१३ प्रतिशत) खर्च गरेको थियो । प्रदेश सरकारले चालु आवका लागि दुई पटक बजेट सभामा पेस गरेको थियो । असार १ गते पेस गरिएको बजेट राजनीतिक घटनाक्रमले उत्पन्न परिस्थितिका कारण अस्वीकृत भएपछि भदौ अन्तिममा दोस्रो बजेट ल्याइएको थियो ।

बजेटै आउन दुई महिना ढिला भएकाले कार्यान्वयन प्रक्रियामा ढिलाइ हुँदा खर्चको अनुपात असारमा बढेको पनि बताइएको छ तर असारमा बजेट खर्च गर्ने प्रवृत्ति ठिक नरहेको प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकको ठम्याइ छ । प्रक्रियागत त्रुटिका कारण असारमा बजेट खर्च भएको देखिने प्रवृत्तिलाई सुधार गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

“मङ्सिरतिर बल्ल बजेट कार्यान्वयन गर्ने हाम्रो प्रक्रिया नै ठिक छैन,” पाठकले भन्नुभयो, “यसलाई कम्तीमा भदौ, असोजमा कार्यान्वयनमा लैजान सकियो भने सुधार हुन जान्छ ।” ढिलो टेन्डर आह्वान, कार्यविधि निर्माणमा ढिलाइ जस्ता विभिन्न कारणले बजेट कार्यान्वयनमा ढिलाइ हुने गरेको जनाइएको छ । “वास्तवमा हाम्रो खर्च गर्ने क्षमता नै छैन,” पाठकले भन्नुभयो । सत्तारूढ दल नेकपा (एमाले) ले प्रदेश सरकारको चालु आवको बजेट प्रभावकारी रूपमा खर्च नभएको ठहर गरेको छ । धनगढीमा बसेको सो पार्टीको प्रदेश कमिटीको बैठकले बजेट खर्च प्रभावकारी नरहेको निष्कर्ष निकालेको हो । आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले काम पहिल्यै सम्पन्न भइसके पनि बाँकी धेरै जसो भुक्तानी असारमा हुने गरेकाले असारमा बजेट खर्च बढी हुने गरेको बताउनुभयो । गोरखापत्रसँग उहाँले भन्नुभयो, “काम भए पनि धेरै जसो भुक्तानी बाँकी रहने गर्दछ । बाँकी रहेका भुक्तानी असारमै हुने गरेकाले असारमा बजेट खर्च बढेको हो ।”

चालु आवमा पुँजीगत बजेट खर्च प्रगति ६० प्रतिशतसम्म पुग्ने मन्त्रीको विश्वास छ । उहाँले भन्नुभयो, “दुई दिनसम्म अझै भुक्तानी हुन्छ । तबसम्म पुँजीगत खर्च ६० प्रतिशत पुग्छ ।”

2