Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हलगोरु पाल्ने ४६ कृषकलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ कृषकलाई जनही सात हजार अनुदान
*
A A+ A-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।

हलगोरु पालनपोषण अनुदान वितरण कार्यक्रमअन्तर्गत कृषकलाई रु तीन लाख २२ हजार वितरण गरिएको वडाध्यक्ष प्रेम गुरुङले जानकारी दिए।

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरुको महत्व अझै सान्दर्भिक रहेकाले हलगोरु पालनका लागि प्रोत्साहन गरिएको हो ।

खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

हलगोरु पालनपोषण गर्ने परम्परागत संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

बढ्दो लागत र पशुपालनमा देखिएका चुनौतीकाबीच उक्त सहयोगले कृषकलाई हलगोरु पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि संस्कृतिको निरन्तरता तथा कृषकको मनोबल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार हलगोरु पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि जीवनशैलीसँग जोडिएको परम्परालाई जोगाउन सहयोग पुर्‍याउनेछ ।

2