काठमाडौं: कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ। बैंकको विराटनगर शाखाले उक्त उपकरणहरू अस्पताललाई उपलब्ध गराएको हो।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा र अस्पतालका शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरेका हुन्।
बैंकले अस्पतालमा आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरूलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सो सहयोग गरेको जनाएको छ। कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य र सामाजिक विकासमा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। उनले बैंकले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।
अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको यस सहयोगले बिरामी र स्वास्थ्यकर्मीलाई सहज हुने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रशंसा गरे। कार्यक्रममा बैंक र अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

