Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण
A A+ A-

काठमाडौं: कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ। बैंकको विराटनगर शाखाले उक्त उपकरणहरू अस्पताललाई उपलब्ध गराएको हो।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा र अस्पतालका शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरेका हुन्।

बैंकले अस्पतालमा आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरूलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सो सहयोग गरेको जनाएको छ। कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य र सामाजिक विकासमा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। उनले बैंकले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।

अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको यस सहयोगले बिरामी र स्वास्थ्यकर्मीलाई सहज हुने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको प्रशंसा गरे। कार्यक्रममा बैंक र अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

2