काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार एक सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बिहिवार सुनको मूल्य प्रतीतोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय १५ रुपैयाँले बढेर ४ हजार १ सय ५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहिवार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

