Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

लुम्बिनी प्रदेशको पर्यटन नीतिमा सरोकारवालाको सुझाव

लुम्बिनी प्रदेशको पर्यटन नीतिमा सरोकारवालाको सुझाव
A A+ A-

रूपन्देही। लुम्बिनी प्रदेशको पर्यटन विकासलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको पर्यटन नीति २०८३ को मस्यौदामाथि सरोकारवालाहरूले सुझाव दिएका छन्।

वन, वातावरण तथा पर्यटन मन्त्रालयको आयोजनामा भएको छलफल कार्यक्रममा निजी क्षेत्रका व्यवसायी, विज्ञ र जनप्रतिनिधिहरूले प्रदेशको सम्भावनालाई ध्यानमा राखेर नीति अघि बढाउन सुझाव दिएका हुन्।

पर्यटन विकास परिषद्की निमित्त कार्यकारी निर्देशक शारदा बेल्बासेले प्रस्तुत गरेको मस्यौदामा लुम्बिनी प्रदेशको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनको मुख्य आधार मानिएको छ।

यसमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्षलाई प्रमुख गन्तव्यका रूपमा समेटिएको छ। छलफलमा सहभागी विज्ञ तथा व्यवसायीहरूले पर्यटकलाई आकर्षित गर्ने योजना, सेवा-सुविधा र गन्तव्यको स्पष्ट पहिचानमा जोड दिएका थिए।

वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले प्रमुख पर्यटकीय गन्तव्यहरूको पहिचान गरी पर्यटकीय सर्किट निर्माण गरिने बताए। उनले होटलहरूमा क्यूआर कोडमार्फत गन्तव्यको विवरण राख्ने र सार्वजनिक यातायातका साधनबाट प्रचारप्रसार गर्ने योजना सुनाए।

मन्त्रालयका सचिव प्रमोद भट्टराईले तीनतारेभन्दा माथिका होटल दर्ता गर्ने अधिकार प्रदेशमा हस्तान्तरणका लागि सङ्घीय सरकारसँग पहल गरिने प्रतिबद्धता जनाए।

प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले पर्यटकीय क्षेत्रमा सुरक्षा अवस्था सुधार हुँदै गएको जानकारी दिए। प्रदेश सभा सदस्यहरू र सरोकारवालाहरूले निजी क्षेत्रको सहभागिता बढाउँदै पर्यटनलाई आर्थिक समृद्धिको बलियो आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

2