Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध

औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध
A A+ A-

काठमाडौं। औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भएको छ।

बिहीबार आयोजित एक कार्यक्रमका बिच विभागको औपचारिक आबद्धताको घोषणा गरिएको हो। उक्त कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईको उपस्थिति थियो।

यो प्रणालीमा आबद्ध भएसँगै अब औषधि सम्बन्धी भन्सार जाँचपास र यससँग सम्बन्धित निवेदनहरू एकद्वार प्रणालीमार्फत नै गर्नुपर्नेछ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले यस प्रणालीले सेवाग्राहीलाई छिटो र पारदर्शी सेवा प्रदान गर्न मद्दत गर्ने बताए।

विभागमा जनशक्तिको अभाव रहेको अवस्थामा यो प्रणालीले कामलाई छिटो-छरितो बनाउन सहयोगी भूमिका खेल्ने उनको भनाइ छ।

भन्सार विभागका निर्देशक रहिम अन्सारीका अनुसार यस प्रणालीले व्यापार सहजीकरणमा लागत कम गर्न मद्दत गर्नेछ। अब औषधि व्यवस्था विभागबाट जारी हुने अनुमतिपत्र, परमिट र प्रमाणपत्रलगायतका कागजातहरू अनलाइनमार्फत नै निवेदन दिनुपर्नेछ।

विभागका कर्मचारीहरूले प्रणालीमार्फत नै कागजातहरूको समीक्षा, प्रमाणीकरण र स्वीकृति गर्नेछन्। स्वीकृतिपश्चात् कागजातहरू स्वतः भन्सार जाँचपास प्रणालीमा पुग्नेछन्, जसले निकासी तथा पैठारी प्रक्रियालाई थप सहज बनाउनेछ।

नेपाल राष्ट्रिय एकद्वार प्रणाली अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागले सञ्चालनमा ल्याएको एकीकृत डिजिटल प्रणाली हो। यसले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने लक्ष्य राखेको छ।

सरकारले देशभरका ४८ वटा निकायलाई यो प्रणालीमा आबद्ध गर्ने योजना बनाएको छ। हालसम्म लाइसेन्स जारी गर्ने २५ मध्ये १६ वटा निकाय यो प्रणालीमा आबद्ध भइसकेका छन्।

2