काठमाडौं। कोका: कोलाले दसैँको अवसरमा ‘भरौँ खुसी’ अभियान सुरु गरेको छ।
चाडपर्वमा घर फर्किने यात्रुहरूलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानअन्तर्गत सहभागीहरूले हवाई तथा बस टिकट जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १८ भदौदेखि २९ कात्तिकसम्म लागू हुने यस योजनामा सहभागी हुन २.२५ लिटर र १.५ लिटरका कोका-कोला, स्प्राइट र फ्यान्टाका पेट बोतलमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि वेबसाइटमार्फत दर्ता गरेर टिकट भौचर जित्न सकिनेछ। अभियान सुरु भएदेखि नै सयौँ सहभागीहरू विजेता बनिसकेको कम्पनीले उल्लेख गरेको छ।
कोका-कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले दसैँ परिवारसँग भेटघाट गर्ने विशेष समय भएको बताउँदै यो अभियानले घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उल्लेख गरे।
यस अभियानको प्रवर्द्धनका लागि टेलिभिजन विज्ञापनसमेत प्रसारण भइरहेको छ। विज्ञापनमा कोका-कोलाका ब्रान्ड एम्बेसडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काले अभिनय गरेका छन्। विज्ञापनले दसैँमा घर फर्किने व्यग्र प्रतीक्षा र परिवारसँगको आत्मीय क्षणलाई चित्रण गरेको छ।

