Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण
A A+ A-

रुपन्देही । रुपन्देही जिल्ला भूमि समस्या समाधान समितिले गैडहवा गाउँपालिका–८ र ९ का १६ भूमिहीन दलित मुसहर परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले उनीहरूलाई आज लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला भूमि समस्या समाधान समितिले काम सुरु गरेपछि रुपन्देहीमा पहिलोपटक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए । उनका अनुसार जिल्लामा १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत छन् ।

गाउँपालिका अध्यक्ष पौड्यालले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष रु एक करोड बजेट विनियोजन गर्दै आएको जानकारी दिए ।

गाउँपालिकामा चार हजार ५०० भूमिहीन तथा अव्यवस्थित बसोबासी सूचीकृत भएका र उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।

2