Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

दशैँअघि नै अस्थायी यातायात सेवा सुचारु गर्न आरुघाटमा बेलीब्रिज जडान गरिँदै

दशैँअघि नै अस्थायी यातायात सेवा सुचारु गर्न आरुघाटमा बेलीब्रिज जडान गरिँदै
A A+ A-

गोरखा। नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन्। गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो।

दसैँका बेला नै अस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो। गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिजको काम भइरहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ।

आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्गबीच आवागमन अवरुद्ध भएको थियो। सो सडकमा सवारीसाधन नचल्दा दसैँका बेला उत्तरी गोरखा आवतजावत प्रभावित बनेको थियो।

पुलको जिप लगायत प्राविधिक काम गोरखा सडक योजना कार्यालय र बेलीब्रिजको डेक जोड्ने काम नेपाली सेनाले गरेको हो। “आजसम्म हामी पुलको दुवैतर्फको जिप तयार गरिसक्छौँ।

भोलिदेखि नेपाली सेनाले डेक सेटिङको काम सुरु गर्छन्”, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले भने, “सेनाले दुई दिनमा काम सम्पन्न गर्छौँ भनेको छ। दसैँअघि नै त्यहाँ गाडी चल्छ।”

गत आइतबार बूढीगण्डकीको सहायक खोला उङ्गिलुङ पहिरोले थुनिएर एक्कासि आएको बाढीले धादिङ र गोरखा जोड्ने सो पुलको गोरखातर्फको भाग बगाएको थियो।

“बगेको भागमा तत्काल सवारी चलाउन अहिले २२ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको बेलीब्रिज जोडिन्छ”, कार्यालय प्रमुख पुनले भने, “दसैँअघि सवारी सञ्चालन गर्न मिल्ने गरी रातदिन नभनी काम भइरहेको छ।”

राति पनि काम नरोकिएको उनले बताए। उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसँग जोड्ने सो पुल २०७० सालमा निर्माण भएको हो।

2