Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

टेस्लाले सार्वजनिक गर्‍यो नयाँ रोडस्टर, हावामै स्टन्ट गर्न सक्ने दाबी

टेस्लाले सार्वजनिक गर्‍यो नयाँ रोडस्टर, हावामै स्टन्ट गर्न सक्ने दाबी
A A+ A-

काठमाडौं। अमेरिकी विद्युतीय वाहन निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ।

सन् २०१७ मा पहिलो अवधारणा सार्वजनिक भएको करिब ९ वर्षपछि कम्पनीले यसलाई पर्फर्मेन्स, थ्रस्ट र रकेट गरी तीन वटा भेरियन्टमा प्रस्तुत गरेको हो।

सबैभन्दा उन्नत मानिएको रकेट मोडलमा विशेष थ्रस्टर्स जडान गरिएको छ। कम्पनीले प्रदर्शन गरेको डेमोअनुसार यो कारले हावामा पल्टिने, उल्टो चल्ने र ब्यारेल रोलजस्ता जटिल स्टन्टहरू गर्न सक्छ। रकेट मोडलले ०.५९ सेकेन्डभन्दा कम समयमै ० देखि ६० माइल प्रतिघण्टाको गति समात्न सक्ने दाबी गरिएको छ।

त्यस्तै, पर्फर्मेन्स मोडल सडकमा चलाउन मिल्ने गरी दुई सिट क्षमतामा निर्माण गरिएको छ। यसमा एक्टिभ एरोडायनामिक्स र मल्टी-मोड सक्सन सिस्टम जडान गरिएको छ, जसले १.६ सेकेन्डभन्दा कम समयमा ६० माइल प्रतिघण्टाको गति लिन सक्छ। रेस ट्र्याकका लागि तयार पारिएको थ्रस्ट मोडलमा कोल्ड-ग्यास थ्रस्टर्स राखिएको छ, जसले ०.९ सेकेन्डभन्दा कम समयमा उक्त गति समात्न सक्छ।

टेस्लाका अनुसार यी कारहरूको टप-स्पिड २३० माइल प्रतिघण्टाभन्दा बढी छ भने एक पटकको फुल चार्जमा ४८३ किलोमिटरसम्मको रेन्ज दिनेछन्।

स्पेसएक्सको थ्रस्टर प्रविधिमा आधारित यस गाडीमा कार्बन-फाइबर ओभरव्र्याप्ड भेसलमा कम्प्रेस गरिएको ग्यास भण्डारण गरिन्छ। तौल नियन्त्रणका लागि म्याग्नेसियम, टाइटेनियम र कार्बन फाइबरजस्ता हलुका धातुहरूको प्रयोग गरिएको छ।

टेस्लाले हालसम्म यस कारको आधिकारिक ब्याट्री क्षमता वा मोटर आउटपुटबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। यद्यपि, कम्पनीले सन् २०२८ बाट यसको व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ। हाल प्रदर्शन गरिएको गाडी कन्सेप्ट मोडल भए पनि कम्पनीले यसको बुकिङ भने खुला गरिसकेको छ।

2