Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पुँजीगत बजेट कार्यान्वयनमा उल्लेख्य सुधार

पुँजीगत बजेट कार्यान्वयनमा उल्लेख्य सुधार
अ+ अ-

विराटनगर- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार गरेको छ । कोशी सरकारले चालु वर्षमा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको छ भने पुँजीगत बजेट कार्यान्वयनमा पनि विगतको तुलनामा उल्लेख्य सुधार गरेको छ ।

कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै यस वर्षका लागि विनियोजन भएको ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपियाँ खर्च भएको जनाएको छ । सार्वजनिक गरिएको विवरणअनुसार सरकारले गतवर्षको तुलनामा खर्चमा सुधार गरेको छ । साथै सरकारले भने पुँजीगत खर्चतर्फ उल्लेख्य सुधार गरेको छ ।

गत आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन भएको ३४ अर्ब ९३ करोड ३४ लाख रुपियाँ बजेटमध्ये सरकारले बजेटको ७७.१० प्रतिशत खर्च गरेको थियो भने चालु आर्थिक वर्षमा ७७.२६ प्रतिशत रकम खर्च गरेको छ ।

यस वर्षको वित्तीय कार्यसम्पादनमा विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च प्रशासनिक खर्चभन्दा बढी देखिएको छ । यसले पुँजीगत खर्च गर्ने सरकारको क्षमतामा पनि सुधार भएको देखिएको छ। सरकारले पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत (१३ अर्ब ८२ करोड) खर्च गर्दा चालूतर्फ ७५.२९ प्रतिशत (१२ अर्ब ४२ करोड) मात्र खर्च गरेको छ । यो गतवर्षको तुलनामा राम्रो प्रगति हो।

गत आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेश सरकारले ७३.३० प्रतिशत पूँजीगत खर्च गरेकोमा चालु आर्थिक वर्षमा ७९.२६ प्रतिशत पुँजीगत खर्च गरेको तथ्यांकमा उल्लेख छ । सँगसँगै सरकारले चालु खर्च न्यूनीकरण गर्ने कार्यमा पनि आंशिक सफलता प्राप्त गरेको छ । गतवर्ष ७८.३१ प्रतिशत चालू खर्च गरेको कोशी सरकारले यस वर्ष चालु खर्च घटाएर ७५.२९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

मन्त्रालयगत खर्चको अवस्था विश्लेषण गर्दा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रकम खर्च गरेको पाइएको छ । मन्त्रालयमा विनियोजन भएको ११ अर्ब १९ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपियाँ खर्च गरेको छ । यो मन्त्रालयले कुल विनियोजनको ७५.९६ प्रतिशत बजेट खर्च गरेको छ । यो सबै भन्दा बढी बजेट विनियोजन हुने मन्त्रालय पनि हो । यो मन्त्रालयले गतवर्षको तुलनामा झण्डै ५ प्रतिशत कम बजेट खर्च गरेको पाइएको छ ।

यस्तै खर्च प्रतिशतका आधारमा खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको अवस्था पनि राम्रो देखिएको छ । उक्त मन्त्रालयले चालु वर्षमा ९१.३३ प्रतिशत अर्थात् ४ अर्ब ४ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो मन्त्रालयले गतवर्ष विनियोजित बजेटको ७९.२६ प्रतिशत मात्र खर्च गरेको थियो ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयले यो वर्ष ७०.०४ प्रतिशत खर्च गरेको छ भने शिक्षा मन्त्रालयले ८४.३६ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारका केही महत्त्वपूर्ण निकायहरूको बजेट खर्चको अवस्था भने उत्साहजनक देखिएको छैन । प्रदेशको नीति तथा कार्यक्रमको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो बजेटको जम्मा ६०.०९ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँले भने केवल ५३.१३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । गत वर्ष यस मन्त्रालयले ६४.२४ प्रतिशत बजेट खर्च गरेको थियो । यस्तै कोशी प्रदेशसभाले ८१.११ प्रतिशत रकम मात्र खर्च गरेको छ ।

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६१.१९ प्रतिशत खर्च गरेको छ भने सामाजिक विकास मन्त्रालयले ६८.६९ प्रतिशत खर्च गरेको छ ।

समग्रमा कोशी प्रदेश सरकारको वित्तीय प्रगति औसत देखिए पनि पूँजीगत खर्चमा भएको सुधारले जनताको विकासप्रतिको चाहना सम्बोधन गर्ने प्रयत्न देखिएकोा मान्न सकिन्छ भने विकास बजेट कार्यान्वयन गर्ने क्षमतामा पनि सरकारले सुधार गरिरहेको तथ्यबाट स्पष्ट हुन्छ ।

2