Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दसैँ मनाउन भारतबाट घर फर्किनेको सीमामा लर्को

दसैँ मनाउन भारतबाट घर फर्किनेको सीमामा लर्को
A A+ A-

धनगढी। दसैँ मनाउन भारतका विभिन्न सहरबाट घर फर्किने नेपालीहरूको त्रिनगर भन्सार नाकामा शनिबार बिहानैदेखि भिड लागेको छ।

भारतीय सुरक्षाकर्मी र नेपालतर्फका सुरक्षाकर्मीले यात्रुहरूको चेकजाँच गरिरहेका छन्। कैलालीको गौरीफन्टा नाका हुँदै लखनउ र पलियाबाट बस चढेर आउनेहरूको संख्या ठूलो छ।

कैलाली लम्कीचुहा नगरपालिकाकी राधिका रावल एक वर्षपछि भारतको बैंगलुरुबाट घर फर्किँदा निकै भावुक देखिएकी थिइन्। रोजगारीका लागि परदेशिएकी राधिकाका छोरा जापानमा छन् भने अर्का छोरा नेपालमै एमबीबीएस पढ्दै छन्।

उनले भनिन्, ‘एक वर्षपछि घर आउँदा खुसी लागेको छ। आफ्ना मान्छेसँग दसैँ मनाउन पाइन्छ, परदेशमा बसेर चाडपर्व आउँदा घरको धेरै याद आउँछ।’

त्यस्तै, बझाङका पूर्णानन्द जोशी १४ वर्षदेखि भारतमा काम गर्दै आएका छन्। उनले नेपालमा रोजगारीको अभावमा परदेशिनुपरेको गुनासो गरे। ‘नेपालमा रोजगारी छैन। उतै काम गरेर बसेका छौँ, दसैँमा दुई दिन मात्रै भए पनि आफ्नै देश, गाउँघर आउँदा मन शान्त हुन्छ,’ उनले भने। उनले भारतमा रहँदा रातको ड्युटी र लामो कामको समयले गर्दा जीवन निकै कष्टकर रहेको बताए।

धनगढी उपमहानगरपालिकाका नवीनबहादुर सिंह तमिलनाडुमा चौकीदारी काम गर्दै आएको १५ वर्ष भइसकेको छ। उनले १२ घण्टासम्म ड्युटी गर्दा पनि बचत गर्न गाह्रो भएको बताए। ‘खान-बस्नमै ठिक्क हुन्छ। बचत गर्न गाह्रो छ,’ उनले भने। उनले नेपालमा रोजगारीको वातावरण नभएका कारण जीवनभर भारतमै बस्नुपर्ने बाध्यता रहेको सुनाए।

सुदूरपश्चिमका नागरिकहरू दिल्ली, मुम्बई, सुरत, सिमला, बैंगलुरु र तमिलनाडुजस्ता सहरहरूमा चौकीदारी, मजदुरी, होटल, व्यापार र यातायात क्षेत्रमा कार्यरत छन्। दसैँको अवसरमा घर फर्किनेहरू कोही तिहारपछि मात्रै फर्कने योजनामा छन् भने कोही दसैँ सकिएलगत्तै काममा फर्किने गर्छन्।

2