Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

पूर्वपश्चिम राजमार्ग विस्तार: ६८ प्रतिशत समयमा ३० प्रतिशत मात्र काम

पूर्वपश्चिम राजमार्ग विस्तार: ६८ प्रतिशत समयमा ३० प्रतिशत मात्र काम
A A+ A-

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गको कमला-ढल्केबर-पथलैया सडकखण्डको विस्तार कार्य अत्यन्त सुस्त देखिएको छ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ७४.७५ किलोमिटर लामो सडक विस्तारको ६८ प्रतिशत समय बितिसक्दा हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासका अनुसार सडक विस्तारको काम तालिकाभन्दा ३० प्रतिशतले पछि परेको छ। उहाँले भन्नुभयो, “यही अवस्थामा तीन वर्षभित्र सडक विस्तारको काम सकिने देखिँदैन। समय थप्नैपर्ने अवस्था रहेको छ।”

तीन खण्डमा विभाजित उक्त सडकको धनुषा खण्डमा ३० प्रतिशत, महोत्तरी खण्डमा २८ प्रतिशत र सर्लाही खण्डमा ३६ प्रतिशत काम सकिएको छ।

पुल र कलभर्ट निर्माणका कारण केही प्रगति देखिए पनि सडकको मुख्य काम भने नगण्य रहेको आयोजनाले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले हटाउनुपर्ने तीन हजार पोलमध्ये हालसम्म करिब एक हजार पाँच सय पोल मात्र स्थानान्तरण भएकाले निर्माण कार्यमा बाधा पुगेको छ।

बिहीबार सडक निरीक्षणमा पुग्नुभएका प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले दुई महिनाको अवधिमा जम्मा तीन प्रतिशत मात्र काम हुनु चिन्ताजनक रहेको बताए।

उनले भने, “साउन अन्तिम साता आउँदा र अहिले असोज अन्तिममा आउँदा जम्मा तीन प्रतिशत मात्र प्रगति भएको छ। काममा ढिलाइ हुँदा जनताले थप दुःख पाउने देखिन्छ।”

निर्माण व्यवसायीहरूले भने माटोको अभाव, निर्माण सामग्रीको उच्च मूल्य, कामदारको कमी, रुख कटानमा ढिलाइ र विद्युत् पोल सार्न भएको ढिलाइलाई मुख्य समस्याका रूपमा औंल्याएका छन्। प्रतिनिधि सभा सदस्य राजकिशोर महतोले पोल सार्ने काममा समन्वय भइरहेको जानकारी दिए।

2