Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दार्चुलाको अपि हिमालमा पर्यटन उत्सव हुने

दार्चुलाको अपि हिमालमा पर्यटन उत्सव हुने
A A+ A-

खलङ्गा: दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ। कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त उत्सवले ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउने र स्थानीयका लागि रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार उत्सव गाउँपालिका-१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना गरिनेछ। यसका अतिरिक्त गाउँपालिकाका अन्य क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। नेपाल सरकार र अपि हिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत यस क्षेत्रको पर्यटन प्रवर्धन हुँदै आएको छ।

उत्सवलाई व्यवस्थित बनाउन अध्यक्ष बोहराको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षहरू सदस्य रहने र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। अध्यक्ष बोहराका अनुसार पछिल्लो समय वार्षिक पाँच हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका छन्। गाउँपालिकाले चालू वर्षभित्र पर्यटकको सङ्ख्या १० हजार पुर्‍याउने लक्ष्य राखेको छ।

नेपाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यभित्र परेको अपि हिमालको प्रवर्धनका लागि पूर्वाधार निर्माण र पदमार्ग विस्तारलाई प्राथमिकता दिइएको छ। अध्यक्ष बोहराले भने, ‘अबको प्राथमिकता निर्माण भएका पूर्वाधारलाई दिगो बनाउँदै रोजगारी र आयआर्जनसँग जोड्ने छ। गाउँपालिकालाई प्रविधिमैत्री, आत्मनिर्भर र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ।’

2