Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा
A A+ A-

सङ्खुवासभा। अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनालको सहयोगमा सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।

नेपाल–चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो। गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रूपमा सवारीसाधन आवतजावत गर्न अवरुद्ध भएको थियो।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो। सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली संलग्न भएको आयोजनाले जनाएको छ। श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विस्फोटन (ब्लास्टिङ) मार्फत ठूला–ठूला विशाल चट्टानलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टान हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थसमेत प्रयोग गर्नुपर्ने परेको थियो। नेपाल–चीन व्यापारिक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ। साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ।

आयोजना प्रमुख गुरुङले भने, “भोटखोला–२ स्थित छुम्सुरमा ठूला चट्टानसहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो। चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो।” सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो। सडक आयोजना कार्यालयले अन्य सडकखण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ। कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनीतिक रूपमा महत्त्वपूर्ण यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ।

भौगोलिक रूपमा अति विकट र कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किमिमध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो। कडा चट्टान र भौगोलिक विकटताका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरी गत वैशाखमा हस्तान्तरण गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ। किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ। किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन्।

सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पुर्‍याएको जनाइएको छ।

2