Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

रिडी-तम्घास २५ किलोमिटर सडक कालोपत्रे सम्पन्न

रिडी-तम्घास २५ किलोमिटर सडक कालोपत्रे सम्पन्न
A A+ A-

गुल्मी। मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी: तम्घास सडकखण्डको २५ किलोमिटर सडक कालोपत्रे भएको छ।

रुरु र छत्रकोट गाउँपालिकाको बजार क्षेत्रमा पर्ने यो सडकको स्तरोन्नतिसहित ढलान र कालोपत्रेको काम समयमै सम्पन्न भएको हो।

सडक कालोपत्रे भएपछि यात्राको समयमा उल्लेख्य कमी आएको छ। यसअघि रिडी-तम्घास पुग्न साढे दुई घण्टा लाग्ने गरेकोमा अहिले एक घण्टामा नै पुग्न सकिने सवारी चालक बसन्त खड्काले बताए।

उहाँका अनुसार पहिले साँघुरो र घुम्तीयुक्त सडकका कारण दुर्घटनाको जोखिम बढी थियो, तर अहिले सडक फराकिलो र व्यवस्थित बनेको छ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले मुख्य राजमार्ग निर्माण भई पालिकाका पहुँचमार्गहरु जोडिएपछि नागरिकलाई आवातजावतमा निकै सहज भएको बताउनुभयो।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीका अनुसार पहिलो खण्डको काम समानन्तर-एलाइट जेभीले एक अर्ब ६४ करोड ६६ लाख १६ हजार ७४० रुपियाँ लागतमा सम्पन्न गरेको हो। निर्माण कम्पनीले सम्झौता अनुसार २०७९ फागुन २६ गते काम सुरु गरेको थियो।

यसैबीच, सोही राजमार्गको दोस्रो खण्ड अन्तर्गत गुल्मी दरवारको बीरवास राजाक्षेत्रमा १.७४ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ।

तिरुपाते ॐ नम जेभीले ११ करोड १४ लाख ७६ हजार ९९० रुपियाँ लागतमा गरिरहेको यस कामको भौतिक प्रगति ३७ प्रतिशत पुगेको छ। यो काम २०८३ माघ २५ गतेसम्म सक्नुपर्ने सम्झौता छ। तेस्रो खण्ड अन्तर्गत गौडाकोट-देउराली सडकका लागि भने बोलपत्र मूल्यांकनको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

अर्कोतर्फ, पश्चिम गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छिसम्मको ३१.८ किलोमिटर सडकको काम भने सुस्त देखिएको छ। श्रेष्ठ सक्षम जेभीले २०७९ कार्तिक ६ गते सम्झौता गरेको यस सडकखण्डमा चार वर्षमा जम्मा ३३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

2