Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्डको मूल्य बढ्यो

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्डको मूल्य बढ्यो
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, चिनियाँ युआन र साउदी अरेबियन रियालको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउमा सामान्य वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम भएको छ। त्यस्तै साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसामा स्थिर छ।

युरोपियन युरोको भाउ बढेर खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा पुगेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा कायम भएको छ।

यता, क्यानेडियन डलरको मूल्यमा भने गिरावट आएको छ। आज यसको खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ। सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा पुगेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

2