Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘गर या मर’को अवस्थामा धेरै चिनियाँ ईभी उत्पादक

‘गर या मर’को अवस्थामा धेरै चिनियाँ ईभी उत्पादक
अ+ अ-

काठमाडौं – चीनमा चलिरहेका ५० भन्दा बढी इलेक्ट्रीक कार ब्राण्डले भविष्यमा ठूलो र सफल कार निर्माता बन्ने योजनासहित पैसा खर्च गरिरहेका छन् । कम्पनीहरूले बजारमा टिक्नकै लागि पनि ठूलो मात्रामा छुट दिएर गाडी बिक्री गरिरहेका हुन् ।

अमेरिकाको प्रसिद्ध इन्भेष्टमेन्ट बैंक जेपी मोर्गनका अनुसार गत अप्रिलमा चिनियाँ ईभी बजारको औषत छुट १६.८ प्रतिशत पुगेको छ । यो अघिल्लो महिना मार्चमा १६.३ सम्म थियो ।

चाइना प्यासेन्जर कार एशोसियशनले सन् २०२४ को औसत छुट ८.३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैले गतवर्ष ईभी कम्पनीहरूको बिक्री मूल्य र गाडीको उत्पादन लागतमा मात्र १० प्रतिशतको मार्जिन थियो । जुन, त्यसअघिको वर्ष २० प्रतिशतसम्म रहँदै आएको थियो ।

जेपी मोर्गनका अनुसार चीनमा संचालनरत ५० बढी ईभी ब्राण्डमा बीवाइडी, ली अटो र सेरेस ग्रुप मात्रै फाइदामा रहेका छन् । चीनमा तीव्र प्रतिस्पर्धा भइरहेको कारण अधिकांश ब्राण्डहरूलाई ‘गर या मर’को अवस्था सृजना भएको छ । त्यसैले अधिकांश कम्पनी आफूलाई टिकाइ राख्न मार्जिन घटाएर भए पनि संख्यात्मक बिक्रीमा केन्द्रीत भएको देखिन्छ ।

रिपोर्टको मुताविक चीनमा गाडी किन्ने ग्राहकलाई छुट नदिने ब्राण्डले गाडी बिक्री गर्न सकिरहेका छैनन् । त्यसैले बिक्री संख्या घटाउनुभन्दा छुट दिएरै भए पनि बिक्री बढाउने योजना कम्पनीले बनाएका छन् । यो चक्करमा कम्पनीहरूले ठूलो रकम ‘बर्न’ गरिरहेका छन् ।

नेपाली बजारमा समेत पछिल्ला महिनामा आयात भएका चल्तीका ईभी मोडलहरूमा २ देखि ५ हजार डलरसम्म मूल्य घटेर आयात भएको देखिन्छ । कतिपय ब्राण्डले घटेको मूल्यलाई चुपचाप केही मूल्य घटाएर बिक्री गरेका छन् । कतिले एक्सचेन्ज अफरमा ५ देखि १० लाखसम्म ग्राहकलाई दिएर गाडी बेचेका छन् ।

अहिलेसम्म कुनै पनि ईभी ब्राण्डले अधिकतम खुद्रा बिक्री मूल्य भने घटाएका छैनन् । जे होस् चीनमा चलेको मूल्य कटौतीको प्रतिस्पर्धाले नेपालबाट बाहिर जाने रकम भने केही बचत भएको छ ।

2